default_image

Featured

March 7, 2024

नेपालविरुद्ध भारतको १० गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ । फाइनल बोक्ने सम्भावनासहित मैदान उत्रिएको नेपालले फराकिलो हार बेहोरेको हो । एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ६ गोल खाएको नेपाल दोस्रो हाफमा ४ गोल खायो । यससँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । भारतका […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

March 7, 2024

बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता पहिलो पटक आयोजना हुने भएको छ । बौद्ध स्थित क्रिम्पान्जी एड्भेन्चर हबमा चैत १ गते प्रतियोगिताको आयोजना हुने हबमा बिहीबार पत्रकार सम्मेलनमार्फत पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले जानकारी दिए । पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गर्ने कार्यक्रमको […]

March 7, 2024

फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत आज भिड्दै छन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे सुरु हुनेछ । नेपाल र भारतको दुई-दुई खेलमा समान १-१ जित सहित ३-३ अंक छ ।भारतले भुटान विरुद्ध पहिलो खेलमा ७-० को जित निकालेको थियो । यस्तै […]

March 7, 2024

एन्फा : साधारण सभामा सफल, फुटबलमा असफल

फेयर प्ले प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चुनिएको २० महिना पूरा भइसकेको छ । यो डेढ वर्ष भन्दा लामो समयमा एन्फामा साधारण सभा गर्नबाहेक अधिकांश मामिलामा असफल रहँदै आएको छ । वर्षदिन भन्दा अघि तय विश्वकप छनोट खेलका लागि दशरथ रंगशाला तयार अवस्थामा राख्न नसक्ने एन्फाबाट अरु के नै अपेक्षा […]

March 7, 2024

रियल संघर्ष गर्दै क्वाटरफाइनलमा

एजेन्सी – जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध संघर्षपूर्ण बराबरी खेल्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियल समग्रमा २-१ को जित निकाल्न सफल रह्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बुधबार राती घरेलु मैदानमा १-१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान पक्का गर्यो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न […]

March 7, 2024

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस च्याम्पियन तथा साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न दोस्रो लेगको खेलमा एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-१ कै जित दर्ता गरेको सिटी समग्रमा ६-२ ले विजयी भयो । सिटी प्रतियोगिता इतिहासमा लगातार १० […]

March 6, 2024

गण्डकीका ओलम्पियनहरुलाई मासिक भत्ता प्रदान

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक भत्ता दिन सुरु गरेको छ ।नेपाल ओलम्पियन संघले गत वर्ष पोखरामा ओलम्पियन पूर्नमिलन तथा स्पोर्टस मिट आयोजना गर्दा गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए । सोही अनुरुप साउनबाट २०८१ को असार मसान्तसम्मको मासिक भत्ता एकमुष्ट प्रदेशले बुधबार […]

March 6, 2024

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौं झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ को जित निकाल्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल […]

March 6, 2024

क्यानको विश्वकप तयारी योजनालाई सरकारद्वारा ५ करोड प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) बाट टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिए । ‘विश्वकप छनोटको फाइनलमा सम्माननीय प्रधानमन्त्री […]

Success

Thank you for your time.