default_image

Featured

June 21, 2016

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]

June 21, 2016

भारतसँग जिम्बावे १० विकेटले पराजित

हरारे (एजेन्सी)– भारतले सोमबार जिम्बावेलाई १० विकेटले हराउँदै ट्वान्टी–२० क्रिकेट श्रृखंलामा १ –१ को बराबरी गरेको छ । तीन वटा खेलको अन्तिम खेल अब निर्णायक बन्न भएको छ । पहिलो खेलमा भारत पराजित भएको थियो । एक सय रनको लक्ष्य पछ्याएको भारतले ४१ बल अघि नै विकेट नगुमाइ १ सय ३ रन बटुलेको थियो । […]

June 21, 2016

ईङल्याण्ड र स्लोभाकियाले खेले बराबरी; ईङल्यान्ड अर्को राउन्डमा प्रवेश

नेपाली समय आनुसार गए राती १२:४५मा इङल्यान्ड र स्लोभाकिया बिचको खेल ०-०मा अन्त्य भएको छ । यो नितिजासंगै इङल्यान्ड उपबिजेता बनेर राउन्ड अफ १६मा प्रबेश गर्न सफल भएको छ ।  समुह बिजेता बनेर अर्को चराणमा प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रीएको ईङ्ल्यान्डले पहिलो रोजाइका केहि खेलाडीलाई भने बिश्राम दिएको थियो । पहिलो रोजाईका रुनी, केन, […]

Bimal Gharti Magar Sister Manisha Gharti

June 20, 2016

बिमलकी बहिनी मनिषाको हत्या प्रेमीलेनै गरेको प्रहरीको निष्कर्ष  

काठमाडौं – नवलपरासी प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका बिमल घर्ती मगरकी बहिनी मनिषाको हत्या उनकै प्रेमी अशिष चौधरीले गरेको निष्कर्ष निकालेको छ । २१ दिन लामो अनुसन्धान पश्चात प्रहरी हत्या चौधरीले गरेको निष्कर्षमा पुगेको हो । जेठ १३ गते मनिषाको घरमै लास भेटिएको मनिषाको हत्या हो कि आत्मा हत्या एउटा रहस्य भएको थियो । प्रहरीको […]

Indian Cricket Team

June 20, 2016

जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ

हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]

Ronaldinho

June 20, 2016

रोनाल्डिनियो मेस्सी र रोनाल्डो भन्दा प्रतिभाशाली

क्रीस्टिएन्को रोनाल्डो , लिओनल मेस्सी र रोनाल्डिनियो तीन जनासँग खेली सकेका डेकोका अनुसार , रोनाल्डिनियो आफ्नो पालामा मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली रहेको कुरा बताएका छन  । मेस्सी र रोनाल्डिनियो सँग बार्सिलोनामा र क्रीस्टिएनो सङ पोर्चुगलको राष्ट्रिय टोलीमा खेलेका ३८ बर्षिय मिड्फिल्डरका अनुसार रोनाल्डो र मेस्सी विश्वस्तरका भए पनि उनि हरुको प्रतिभा रोनाल्डिनियोसँग तुलना गर्न […]

June 20, 2016

बराबरी खेल्दै फ्रान्स र स्विजरल्यान्ड अर्को चरणमा प्रवेश

नेपाली समय अनुसार आज बिहानै १२:४५मा भएको युरो कप अन्तर्गतको खेल मा स्विजरल्यान्डले फ्रान्सलाई ०-०को बराबरी खेल्दै अर्को चरणमा प्रबेश गरेका छन । फ्रान्स समुह बिजेता र स्विजरल्यान्ड उपबिजेता भएको हो । बराबरी गरेको अवस्थामा समुह बिजेता बन्ने देखिएपछी फ्रान्सले आफ्ना केहि प्रमुख खेलाडिलाई सुरुवाती ११मा समावेश गरेको थिएन । पछिल्ला खेलका प्रमुख खेलाडिहरु पाएट, […]

June 19, 2016

बालगोपालको ब्रदर्श युनियन पराजित

ढाका (एजेन्सी)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको बंगलादेशी क्लब ब्रदर्श युनियनको यात्रा वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनलमा रोकिएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा अवानी लिमिटेडसँग २–१ ले पराजित भएपछि अन्तिम आठबाट बाहिरिएको थियो । बंगबन्धु त्यहि रंगशाला हो जहाँ महर्जनको प्रशिक्षणमा नेपाली टोलीले छ महिना अघि बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको थियो । राष्ट्रिय टोलीका […]

June 19, 2016

एपिएफ र जावलाखेल ललित स्मृतिबाट बाहिरिए

ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबविरुद्ध हार व्यहोरेपछि जावलाखेल युथ क्लबको यात्रा समाप्त भएको छ। लुम्बिनिको जितमा अजित थापाले खेलको एकमात्र गोल फ्रकिक मार्फत २८ मिनेटमा गरेका थिए। पहिलो खेलमा आर्मीसंग पराजित भएको जावलाखेलले लुम्बिनिको दोश्रो रोजाइको टोलीसंग जमेर खेल्न सकेन। जावलाखेलका प्रशिक्षक नरेश थापाले फरवार्ड लाइन कमजोर […]

June 19, 2016

सेनाका रत्न र पुलिसका विष्णु भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका रत्नजित तामाङ्ग र नेपाल पुलिसका विष्णु कटुवाल पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकलको सेमिफाइनलमा भिड्ने भएका छन् । आइतबार रत्नजित, विष्णुसँगै सेनाका दिपेश धामी र भोजपुरका विकास श्रेष्ठ पनि सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाईनलमा दिपेश र विकास हुनेछ । राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको […]

Success

Thank you for your time.