default_image

Featured

Messi

July 31, 2016

मेस्सिको कप्तानीमा बार्सिलोनाको सहज जित

मेस्सिको कप्तानिमा उत्रेको बार्सिलोनाले सेल्टिक बिरुद्ध अन्तर्राष्ट्रिय च्याम्पियन कपको खेलमा जित हात पारेको छ । डुब्लिनमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को सिजन पूर्वको खेलमा बार्सिलोना ले ३-१ को जित हात पारेको हो । यो खेल सेल्टिककोलागी आस्टाना बिरुद्धको च्याम्पियन्स लिग खेल अघीको वार्म्-अप खेल पनि रह्यो । खेल सुरु भएको १० मिनेटमा नै शानदार रुपले गोल गर्दै टुरानले बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै […]

July 30, 2016

आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा सस्मनले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपको पाचौ दिन शनिबार ४ देखि १५ बर्ष उमेर समूहको ६४ केजीमा नेपालका सस्मन बस्नेतले रजत पदक जितेका छन् । बेलायतबाट रजेन्द्र केसीले दिएको जानकारी अनुसार वेल्सका खेलाडीसँग पराजित भएपछि उनले रजतमा चित्त बुझाउनु परेको थियो । कक्षा […]

July 30, 2016

ओलम्पिकमा नेपाली झन्डा फुपुल्हामुले बोक्ने

ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहााले स्वर्ण जित्नु भएको थियो । त्यसैगरि अन्य खेलहरुमा पनि […]

July 30, 2016

सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा कार्य सम्पादन उपसमिति

काठमाडौं (हाम्रो खेलकुद) –नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरिएको छ । १३ औं सागका लागि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठित तयारी तथा व्यवस्थापन समितिको सातदोबाटोमा शनिबार बसेको बैठकले सदस्य–सचिव विष्टको […]

shirish

July 30, 2016

स्वीमिङ पुलको उद्घाटनमा शिरीष सम्मानित

काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराही, हाडीगाउ“स्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् । फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा गुरुङलाई सम्मान पनि गरियो । उनलाई ११ हजार १ सय ११ रुपैया“सहित मायाको चिनो धन्यन्तरी फुटसल प्रालिका अध्यक्ष मदन कोरालाले प्रदान गरे । […]

July 30, 2016

सुदूरपश्चिमको भलिबल प्रशिक्षण केन्द्रलाई आधिखोला स्पोर्टस क्लबको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको आधिखोला स्पोर्टस क्लबले महेन्द्रनगर कञ्चनपुरको भलिबल प्रशिक्षण केन्द्रलाई १२ जोर ट्रयाकसुट सहयोग गरेको छ । २२ बर्षदेखि हङकङ बस्दै आएका क्लबका अध्यक्ष शंकर गुरुङले शनिबार राजधानीमा प्रशिक्षण केन्द्रमा प्रमखु जगदिश भट्टलाई भट्टलाई ट्रयाकसुट हस्तान्तरण गरे । पूर्व भलिबल खेलाडी समेत रहेको गुरुङले भने,‘भलिबल खेलाडी उत्पादनमा सुदूरपश्चिमाञ्चलको भूमिका महत्वपूर्ण रहँदै आएको […]

Ibra United

July 30, 2016

ज्लाटनको जर्सीबाट युनाइटेडलाई पोग्बा किन्ने पैसा

११२  मिलियन पाउण्ड , अथवा , १५ अर्ब नेपाली रुपैयामा म्यान्चेस्टर युनाइटेडले पौल पोग्बालाई युभेन्टसबाट किन्ने तयारी गर्दै छ । यो विश्व रेकर्ड शुल्क सुन्नमा धेरै आए पनि , सनको अनुसार ज्लाटन इब्राहिमोबिकको जर्सिको बिक्रीबाट उक्त रकमको भरपाइ हुन सक्ने छ । सनले जनाए अनुसार , पहिलो हप्तामा नै इब्राको जर्सी बिक्रीबाट ७६ मिलियन पाउण्ड , नेपाली रुपैयामा […]

default_image

July 29, 2016

नेमारसँग सेल्फी खिच्ने चाहानाले जेल

ब्राजिलको राष्ट्रिय टोली बसेको होटेलको लन्ड्री रुममा देखिएपछी नेमारको फ्यान पक्राउ परेका छन  । ओलम्पिक खेलको तयारीमा रहेको ब्राजिलियन टोली बसेको होटेलमा २१ बर्षिय डेर्मोट कोरिगेन ब्राजिलियन फुटबल एसोसिएशनको नक्कली कागज बनाएर होटेल प्रवेश गरेका थिए  । पक्राउ परेका डेर्मोट नेमारको फ्यान रहेको र उनिसँग सेल्फी खिच्ने रहरले त्यसो गरेको कुरा बताएका थिए  । ओलम्पिकमा दक्षिण अफ्रिका, इरान र डेनमार्क […]

July 29, 2016

भारतसँग नेपालको अर्को हार

नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसाग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य गर्‍यो । नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको […]

July 29, 2016

स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

बर्लिन (एजेन्सी) – जर्मनी कप्तान बास्टियन स्वाइन्सटाइगरले तत्काल लागु हुनेगरि शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनीका लागि १ सय २० खेलेका उनको अन्तिम खेल युरो २०१६ को फ्रान्सविरुद्ध २–० गुमाएको सेमिफाइनल रह्यो । म्यानचेस्टर युनाइटेडका ३१ बर्षे मिडफिल्डरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । स्वाइन्सटाइगरले सन्यासको लागि यो उपयुक्त समय भएको बताएका छन् […]

Success

Thank you for your time.