default_image

Featured

September 12, 2016

पारस र बसन्तको टोली वाइवाइ इपिएल ट्वान्टी–२० को उद्घाटनमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स […]

September 12, 2016

वावारिन्कालाई युएस ओपन, जोकोभिच पराजित

न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]

September 11, 2016

बी डिभिजन लिगमा एनआरटीको शीर्षता कायमै

काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो […]

September 11, 2016

फुपुल्हामुलाई अर्को सफलता, एसियन जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।   भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो ।  फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]

real madrid

September 10, 2016

युरो पछिको पहिलो खेलमा रोनाल्डोको गोल, रियालको सहज जित

युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]

Neymar

September 10, 2016

नेमारद्वारा बार्सिलोनामा बस्न धेरै पैसाको प्रस्ताव अस्वीकार

नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन । बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए । पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता […]

September 10, 2016

सहारा एकेडेमीलाई मनाङको सहयोग

पोखरा (हाम्रो खेलकुद)–मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ । मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले […]

September 10, 2016

सहारा एकेडेमीको स्वामित्व राज्यले लिन्छ -खेलकुद मन्त्री श्रीपाइली, सागको तयारी फाष्ट ट्रयाकमा

पोखरा (हाम्रो खेलकुद ) – खेलकुद मन्त्री दलजित श्रीपाइलीले पोखराको सहारा एकेडेमीको राज्यले स्वामित्व ग्रहण गर्ने बताएका छन् । सहारा क्लव पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीको शनिबार अवलोकनपछि बोल्दै मन्त्री श्रीपाइलीले यस्तो बताएका हुन् । आफू सहारा एकेडेमीको अवलोकनको लागि त्यसै नआएको बताउँदै उनले भने,–‘म एकेडेमी अवलोकनका लागि त्यत्तिकै आएको होइन, म आउनुको पनि […]

September 10, 2016

चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले सफलता प्राप्त गर्दा महिला टोली भने निराश भएको छ । समूह ‘डी’ मा रहेको पुरुष टोलीले जर्सीलाई ४–० ले पराजित गरेको छ । आठौं चरणको खेल जित्न सके नेपालले पदक जित्ने सम्भावना रहेको नेपाल बुद्धिचाल संघले जनाएको छ । प्रतियोगितामा उच्च […]

September 10, 2016

सजिन र सुजना क्यान्डिडेड मास्टर, फिडे मास्टर बन्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – दुई नेपाली चेस खेलाडीले क्यान्डिडेड मास्टरको उपाधि हासिल गरेका छन् । अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडका दौरान सजिन महर्जन र सुजना लोहनी क्यान्डिडेड मास्टर उपाधि हासिल गर्न सफल भएका हुन् । ओलम्प्यिाडको सातौं चरणमा शनिबार सजिनले जर्सीका वाइस्की पल (१९९२ रेडेट) लाई हराएका थिए भने सुजनाले आफुभन्दा उच्च वरियाताकी […]

Success

Thank you for your time.