default_image

Featured

March 10, 2024

झापा गोल्ड कप – फाइनलअघि टिकटबाट २१ लाख बढी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैंटौं संस्करणको सेमिफाइनल‌ समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । आयोजक झापा गोल्डकप सचिवालयले टिकट विक्रीबाट ४६ हजार ९ सय रुपैयाँ संकलन भएको जनाएको छ ।प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको थियो । […]

March 10, 2024

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा उपाधि दाबेदार मध्यका दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी आज भिड्दै छन् । खेल नेपाली समय अनुसार आज साँझ ९:३० बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा सुरु हुनेछ । यस पटक प्रिमियर लिगमा तीन टोली उपाधि दाबेदारका रूपमा ठडिएका छन् । त्यसैले आगामी खेलहरु निकै महत्वपूर्ण रहेका छन् । त्यसपछि दुई […]

March 10, 2024

नेपाल र हङकङ त्रिकोणात्मक सिरिजमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज पहिलो खेल हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र हङकङ खेल्नेछन् । शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । उक्त हारको बदलासहित नेपाल सिरिजमा सुखद सुरुवात गर्ने सोचमा हुनेछ । […]

March 10, 2024

सेथुको जितमा एन्जिला र गीताको क्लिनसिट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग अन्तर्गत सेथु एफसीले १२ औं चरणको खेलमा स्पोर्ट्स ओडीशालाई ३-० ले पराजित गरेको छ । नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले क्लिनसिट राखे । १९ औं मिनेटमा माल्भिकाले सेथुलाई अग्रता दिलाइन् । २७ औं मिनेटमा काभ्या पक्किर्समीले अग्रता दोब्बर पार्दा दोस्रो हाफमा काजल डी सुजाले […]

March 10, 2024

बार्यनको जितमा केनको‌ ह्याट्रिक

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार माइन्जमाथि बायर्न म्युनिखले सानदार निकालेको छ। ह्यारी केनको ह्याट्रिक सँगै घरेलु मैदानमा बायर्नले माइन्जलाई ८-१ हराएको थियो। खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका‌ थिए। दोस्रो गोल उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेका थिए। त्यस्तै लियोन गोरेत्ज्काले १९ औं […]

March 10, 2024

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो […]

March 9, 2024

एक्स्ट्राटेक लिजेन्ड कप- जर्सी सार्वजनिक

सुमन अधिकारी, बुटवल तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुने टिमले लगाउने जर्सी(टिसर्ट) सार्वजनिक गरिएको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शुभारम्भका अवसरमा आयोजना गरिने लिजेन्ड कपका बारेमा जानकारी दिन शनिबार बुटवलमा पत्रकार सम्मेलन गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व […]

March 9, 2024

म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले एभर्टन माथि २-० को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले एक-एक गोल गरे । दुवै गोल पेनाल्टी मार्फत नै आएको थियो । १२औं मिनेटमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । अलेहान्द्रो गार्नाचोलाई बक्समा […]

March 9, 2024

प्रिती र सविता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ। साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌ समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् […]

March 9, 2024

सुदिप,सुमन र विकेश शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीमती मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ , सुमन लामा र भक्तपुरका विजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा छन्। सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै  काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए।‌ […]

Success

Thank you for your time.