October 12, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८ को छनोट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिना पराग्वेसंग १-०ले पराजित भएको छ। लिओनेल मेस्सी अनुपस्थित हुँदा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन। गोन्जालो हिगुएन, सर्जियो अगुएरो, एन्जल डी मारिया, आदि स्टार खेलाडी हुँदा पनि अर्जेन्टिनाले जित आत्मसात गर्न असमर्थ रह्यो। पाराग्वेका लागि गोन्जालेजले १८औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो। […]
October 11, 2016
हाम्रो खेलकुद – बेल्जियमका क्रिस्टियन बेन्टेकेले सोमबार राति भएको विश्वकप छनोट चरणको खेलमा सात सेकेण्डमै गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन्। जिब्रालटार र बेल्जियमबिच भएको खेलको सातौं सेकेण्डमै बेन्टेकेले गोल गरेका थिए। जिब्रालटारको खेलाडीले बिचबाट बल चलाउने बितिक्कै उनले बल चोरेर बक्सतर्फ बढि गोल गरेका थिए। सो खेल बेल्जियमले ६-०को फराकिलो अन्तरले जितेको थियो। […]
October 10, 2016
हाम्रो खेलकुद – भारतिय स्पिनर रविचन्द्रन अश्विनले ६ विकेट लिएपछि तेश्रो टेष्टको तेश्रो दिन न्युजिल्याण्ड पहिलो इनिङ्ग्समा अलआउट भएको छ। भारतले पहिलो पारीमा खडा गरेको ५५७ रनको विशाल योगफललाई पछ्याउँदै गरेको न्युजिल्याण्ड २९९ रनमै सिमित भयो। ओपनरद्वय मार्टिन गप्टिल (७२) टम लेथम(५३)ले पहिलो विकेटका लागि ११८ रनको बलियो साझेदारी गरेका थिए। मध्यक्रममा जेमी निशमले ७१ […]
October 10, 2016
हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा थाईल्याण्डसंग ३ विकेटको हार व्येहोरेको छ। टस जितेर पहिलो ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै ७६ रन जोडेको थियो। नेपालका लागि निर्मला शाहीले ३६ रन बनाइन। अन्य कुनै ब्याट्सवुम्यानले दोहोरो अंक छुन नसकेपछि नेपालले ७६ रनमै खुम्चिनु […]
October 10, 2016
हाम्रो खेलकुद – भारत र न्युजिल्यान्डबीच जारि टेष्ट सिरिज अन्तर्गत तेश्रो टेष्टको दोश्रो दिन न्युजिल्यान्डले आफ्नो इनिंग्स सुरु गर्दा पाँच रन जोडिएको थियो। धेरैलाइ कौतुहल भएको यो विषय भने अम्पाएरको निर्णयले गर्दा भएको थियो। भारतले ब्याटिङ्ग गर्न आउँदा रबिन्द्र जडेजाले डेन्जर जोनमा दुइपटक कुदेपछि अम्पाएरले भारतलाई पाँच रन पेनाल्टी लगाएका थिए। ट्रेन्ट बल्टले फलेको १६७औं […]
October 10, 2016
हाम्रो खेलकुद – कप्तान मसरफे मोर्ताजाले राम्रो प्रदर्शन गरेपछि बंगलादेशले वान डे सिरिज अन्तर्गत दोश्रो खेलमा इंग्ल्यान्डलाइ ३४ रनले पराजित गरेको छ। टस जितेर फिल्डिंग रोजेको इंग्ल्यान्डले राम्रो सुरुवात गरेपनि आठौँ विकेटका लागि कप्तान मोर्ताजा र नासिर होस्सैनले ६९रनको साझेदारी गरेपछि बंगलादेश २३८रनको योगफल खादा गर्न सफल भयो। बंगलादेशका लागि महमदुल्लाहले ७५ रन बनाए भने […]
October 10, 2016
हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत स्पेनले अल्बानियालाई २-०ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोश्रो हाफमा स्पेनले दुइ गोल गरेको थियो। डिएगो कोस्टाले ५५औं मिनेट र नोलिटोले ६३औं मिनेटमा गोल गरेका थिए। तिन खेलमा ७ अंक जोडेको स्पेन छनोट चरणको अंक तालिकामा शिर्ष स्थानमा छ। इटाली पनि सात अंक […]
October 9, 2016
हाम्रो खेलकुद – भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्धको टेष्टमा दोहोरो शतक बनाउदै पुरानो रेकर्डको बराबरी गरेका छन्। एकै वर्षमा दुई दोहोरो शतक बनाउने रेकर्ड यसअघि २०१०मा सचिन तेन्दुलकरले प्रहार गरेका थिए। यसबाहेक विरेन्द्र सहवाग (२००८), राहुल द्रविड (२००३), सचिन तेन्दुलकर (२००४) र विनोद काम्बली (१९९३)ले पनि सोहि किर्तिमान कायम गरेका थिए। कोहलीले ३६६ बलमा २० […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी महिला विश्वकप छनोटको पहिलो खेलमा आज आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ । ७८ रनको लक्ष्य पछ्याएको हङकङले १६.३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो । हङकङका लागि ओपनर सि वान यिपले सर्वाधिक ३३ रन बनाएकी थिइन् । त्यस्तो यासमिन दासवानीले १३ रन बनाइन् । अर्की ओपनर […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला विश्वकप छनोटमा आज आयोजक हङकङविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ बल अघि ७७ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि सबैभन्दा बढी निर्मला शाहीले ३२ रनमा १८ रन बनाइन् । कप्तान रुविन क्षेत्रीले १४ बलमा १२ रन […]