default_image

Featured

December 13, 2015

जगदम्बा मोटर्सको बिज्ञापनमा बिमल – [ भिडियो ]

भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड  बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो

December 12, 2015

साग बक्सिङ छनोट सुरु

भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज […]

December 12, 2015

सागका लागि टेबलटेनिस खेलाडी छनोट

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै […]

December 12, 2015

रोड रेसमा हरि र विश्वरुपा पहिलो

हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् । प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय […]

December 11, 2015

मैनाली राखेप सदस्यमा मनोनित

विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक […]

prime and xaviers

December 10, 2015

प्राईमकप- प्राईम र जेभियर उपाधिका लागि भिड्ने

आयोजक प्राईम कलेज र जेभिएर कलेज तेह्रौ प्राइमकप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार आयोजक कलेजको कोर्टमा भएको सेमिफाइनल खेलमा प्राईमले लिभरपुललाई ५९–५० तथा जेभिएरले सिसीआरसीलाई ४८–३३ को स्कोरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का बनाएको हो । प्रार्ईमले लिभरपुल बिरुद्ध पहिलो क्वाटरमा १५–१०, दोस्रो क्वाटरमा ९–६ तेस्रो क्वाटरमा १७–२० तथा चौथो क्वाटरमा […]

Tikaram Shrestha Olympian

December 10, 2015

सुटिङ खेलाडी छनोट पूरा

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । […]

December 10, 2015

राष्ट्रिय टोलीको साफ तयारी व्यवस्थापनप्रति प्रशिक्षक ओजेम्स निराश

नेपाली राष्ट्रिय फुटबल टोलीको साफ च्याम्पियनशिपको तयारीको व्यवस्थापनप्रति मुख्य प्रशिक्षक प्याट्रिक ओजेम्स निराश देखिएका छन्| आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अभिव्यक्ति व्यक्त गर्दै ओजेम्सले प्रशिक्षणको व्यवस्थापन एकदमै कम्जोर भएको जनाएका छन्| उनले हाल भइरहेको तयारीलाई राष्ट्रिय टोलीको लागि अयोग्य भएको बताएका छन्| प्रतियोगिता आउन तेह्र दिनमात्र बाँकी हुँदापनि हालसम्म राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखिएको छैन| […]

tekwando

December 9, 2015

पारा तेक्वान्दो पदक विजेता सम्मानित

काठमाडौं, मंसिर २३ गते । नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ । ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो । […]

December 9, 2015

साफका लागि प्रशिक्षणरत राष्ट्रिय टोलीका तिन खेलाडी चोटका कारण बाहिरिए

भारतको केरालास्थित त्रिवेन्द्रम रंगशालामा हुने साफ च्याम्पियनशिप २०१५को तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीमा अहिले २७ खेलाडी प्रशिक्षणरत छन्| २७ खेलाडी बाँकी रहेपनि ३ जना खेलाडी भने चोटका कारण नखेल्ने लगभग पक्का भइसकेको छ| सुरुवातमा ३९ खेलाडी बोलाइएको प्रशिक्षणमा चार खेलाडी अनुपस्थित रहेका थिए| करिब तिन हप्ताको प्रशिक्षण पश्चात २७ खेलाडीमा झारिएको टोलीका तिन महत्वपूर्ण खेलाडीहरु […]

Success

Thank you for your time.