default_image

Featured

default_image

July 29, 2016

नेमारसँग सेल्फी खिच्ने चाहानाले जेल

ब्राजिलको राष्ट्रिय टोली बसेको होटेलको लन्ड्री रुममा देखिएपछी नेमारको फ्यान पक्राउ परेका छन  । ओलम्पिक खेलको तयारीमा रहेको ब्राजिलियन टोली बसेको होटेलमा २१ बर्षिय डेर्मोट कोरिगेन ब्राजिलियन फुटबल एसोसिएशनको नक्कली कागज बनाएर होटेल प्रवेश गरेका थिए  । पक्राउ परेका डेर्मोट नेमारको फ्यान रहेको र उनिसँग सेल्फी खिच्ने रहरले त्यसो गरेको कुरा बताएका थिए  । ओलम्पिकमा दक्षिण अफ्रिका, इरान र डेनमार्क […]

July 29, 2016

भारतसँग नेपालको अर्को हार

नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसाग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य गर्‍यो । नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको […]

July 29, 2016

स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

बर्लिन (एजेन्सी) – जर्मनी कप्तान बास्टियन स्वाइन्सटाइगरले तत्काल लागु हुनेगरि शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनीका लागि १ सय २० खेलेका उनको अन्तिम खेल युरो २०१६ को फ्रान्सविरुद्ध २–० गुमाएको सेमिफाइनल रह्यो । म्यानचेस्टर युनाइटेडका ३१ बर्षे मिडफिल्डरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । स्वाइन्सटाइगरले सन्यासको लागि यो उपयुक्त समय भएको बताएका छन् […]

July 29, 2016

म्याड्रिडद्वारा टोटेनहम पराजित

नयाँ सिजनको तयारीका लागि अष्ट्रेलियामा भएको मैत्रीपुर्ण खेलमा एट्लेटिको म्याड्रिडले टोटेनहम हट्स्परलाइ १-०ले पराजित गरेको छ। आफ्नो मुख्य खेलाडीहरुलाई लन्डनमै प्रशिक्षणमा छाडेर अष्ट्रेलिया आइपुगेको टोटेनहमको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको थियो। खेलको एकमात्र गोल कप्तान डिएगो गोडीनले पहिलो हाफमा गरेका थिए। यसअघी टोटेनहमले युभेन्टससंग भएको खेलमा २-१को हार व्यहोरेको थियो। अर्को मैत्रीपुर्ण खेलमा इन्टर मिलानको […]

July 29, 2016

रियो जुडो टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो […]

July 29, 2016

पूर्व अन्तराष्ट्रिय खेलाडी मगरको निधन

बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्रबहादुर पुन मगरको बिहिबार ४५ वर्षको उमेरमा देहवासान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो […]

July 29, 2016

सुर्बिन्द्रले जिते वर्षको सर्वोत्कृष्ट खेलकुद फोटो

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो।  विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।  

July 28, 2016

नेपाली क्रिकेट विवाद अझै लम्बिने संकेत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ । देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत […]

July 28, 2016

भारतविरुद्ध नेपालको सन्तोष जनक प्रदर्शन

काठमाडौं, साउन १३ नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हरायो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको […]

July 28, 2016

पौडी खेलाडी शीरिष भाटभटिनीको ब्रान्ड एम्बसडर, मासिक १ लाख पाउने

काठमाडौं – ओलम्पिक खेल्ने तयारीमा रहेका पौडी खेलाडी शीरिष गुरुङलाई भाटभटेनी मार्केटले एक बर्षका लागि आफ्नो ब्रान्ड एम्बसडर बनाएको छ । भाटभटिनीले शीरिषलाई मासिक १ लाख रुपैयाँमा सम्झौता गरेको हो । सम्झौता अनुसार शीरिषले राष्ट्रिय कीर्तिमान तोडेमा थप १० हजार रुपैयाँ पाउनेछन् । नेपाली खेलकुदमा सार्वजनिक रुपमा गरिएको सम्झौतामा यो सबैभन्दा ठूलो राशीको सम्झौता हो […]

Success

Thank you for your time.