default_image

Featured

January 31, 2016

पक्राउ परेपश्चात सागरको पहिलो अन्तर्वार्ता [भिडियोसहित]

नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:

Rohit Chand

January 30, 2016

रोहितको क्लब माथिल्लो डिभिजनमा बढुवा

मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ| आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|

January 30, 2016

विश्व तेक्वान्दो महासंघले सहयोग गर्ने

काठमाडौं, माघ १६ विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) ले गत १२ बैशाखको भुकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणकमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारे पछि मानबीय […]

January 30, 2016

तीर्थ र लक्ष्मीलाई स्वर्ण

काठमाडौं, माघ १६ । भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए । पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र […]

January 30, 2016

युनाइटेड फुटसलद्वारा फुटबल खेलाडी सम्मानित

काठमाडौँ, माघ १६ । बाफलस्थित युनाइटेड फुट्सलले शनिबार बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जित्ने नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनलगायत अन्य तीन खेलाडीलाई सम्मान गरेको छ । विराजको नेतृत्वमा नेपालले यसै साता बङ्गलादेशमा च्याम्पियन बनी २३ वर्षसम्म परेको अन्तर्राष्ट्रिय उपाधिको खडेरीलाई तोडेको थियो । युनाइटेड फुट्सलले बङ्गबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता तथा ‘मस्ट भ्यालुयबल प्लेयर’ घोषित हुने […]

mmc win

January 30, 2016

मनाङ्ग मर्श्याङ्गदि क्लब आहा- रारा उपाधि बिजेता

आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ  । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]

Nepal cricket

January 30, 2016

आयरल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं  माघ १६ । बंगलादेशमा जारी आईसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्ड माथि ८ विकेटको शानदार जित हात निकालेको छ । लगातार दोस्रो जित निकालेसंगे नेपाल दोस्रो चरणको  नजिक पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । आयरल्याण्ड दिएको १३२ रनको झिनो चुनौती नेपालले २५.३  ओभरमा […]

January 30, 2016

नेपालका सन्दिप लामिछानेको ह्याट्रिक

काठमाडौं, माघ १६ । बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्वको खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले ह्याट्रिक गरेका छन् । बंगलादेशको फतुल्लाहमा चलिरहेको खेलमा अहिलेसम्म पाँच विकेट लिएका लामिछानेले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा […]

January 29, 2016

विकास अगाडि

काठमाडौं, माघ १५ । प्रथम पूर्व नेपाल च्याम्पियन विकासमान लामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालतर्फ दोश्रो चरणको खेल सकिँदा शुक्रबार शीर्ष स्थानमा छन् । नेपाल विद्युत प्राधिकरणका विकासको २ अंक छ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालद्वारा आयोजित प्रतियोगितामा समान २ अंकसाथ नागरिक उड्डयन प्राधिकरणका गोपालबहादुर डंगोल विकाससंगै शीर्ष स्थानमा […]

January 29, 2016

प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि शाहाष र फुन्जुलाई

काठमाडौं, माघ १५ । शाहाषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि बिहिवार जितेका छन् । रसुवाको लाङटाङ स्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् । नेपाल स्की संघको आयोजना तथा मनोकामना केवल कारको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको अल्पाईन स्कीको पुरुषतर्फ नाम्चेका छिरिङ शेर्पा […]

Success

Thank you for your time.