default_image

Featured

March 11, 2024

मुवाँथाई टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ५ खेलाडीले थाइल्यान्डको बैंककमा हुने १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा भाग लिने भएका छन्। टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको‌‌ छ। मार्च १२ देखि २० सम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई (प्रो) र ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । महिला ५१ […]

March 11, 2024

रुद्रेपिपल र आदर्श क्वाटरफाइनलमा

अर्जुन कार्की ,बागलुङबागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगितामा रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा रुद्रेपिपलले मुलपानी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रुद्रेपिपलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो । एकतर्फी खेलको […]

March 11, 2024

अन्तरकलेज क्रिकेट – हेटौंडा र पर्सा फाइनलमा‌ भिड्ने

हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल इन्फोटेक कलेज पर्सा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् । लिगचरणको अन्तिम खेलमा सोमबार आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली हेटौंडामा जारी अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको हुन् । लिगचरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो […]

March 11, 2024

सञ्जीत झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

हिमाल खरेल, बिर्तामोड छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको विधागत पुरस्कारमा च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका खेलाडीको बर्चस्व रह्यो। चर्च ब्वाइजका डिफेन्डर सञ्जीत राई गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । त्यस्तै चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको […]

March 11, 2024

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

हिमाल खरेल , बिर्तामोडनाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको २ गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफ फुटबल क्लबलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे […]

March 11, 2024

शिव शंकरलाई ग्रामीण पर्यटन कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक शिव शंकर युवा क्लब राइनासले नवौं संस्करणको ग्रामीण पर्यटन कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सोमबार भएको फाइनलमा स्थानीय प्रतिद्धन्द्धी क्लब तमु एकता युवा क्लब कुँडुलेलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि […]

March 11, 2024

२०१४ विश्वकप टोलीलाई तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

तिलोत्तमा (हाम्रो खेलकुद) – नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्दघाटनको अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताकी उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो । २०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा […]

March 11, 2024

एक्स्ट्राटेक लिजेन्ड कपको फाइनलमा २०१४ विश्वकप टोली र रेस्ट अफ नेपाल भिड्ने

तिलोत्तमा (हाम्रो खेलकुद) – रेस्ट अफ नेपालीको टोली फाइनलमा प्रवेश गरेको हो तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कपको फाइनलमा प्रवेश गरेको छ । नवनिर्मित एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको अवसरमा जारी प्रतियोगिता अन्तर्गत आज दिनको दोस्रो खेलमा घरेलु टोली रुपन्देही लिजेन्डलाई १६ रनले पराजित गर्दै रेस्ट अफ नेपालले २०१४ विश्वकप लिजेन्ड्स टोली विरुद्ध उपाधि भिडन्त […]

March 11, 2024

२०१४ विश्वकप लिजेन्ड्स एक्स्ट्राटेक लिजेन्ड कप टी–१० को फाइनलमा

तिलोत्तमा (हाम्रो खेलकुद) – २०१४ विश्वकप लिजेन्ड्स टोली नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै २०१४ विश्वकप टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । १९९६ लिजेन्ड्स टोलीले दिएको रनको लक्ष्य २०१४ विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाएर […]

March 11, 2024

एक्स्ट्राटेक लिजेन्ड कप टि–१० क्रिकेट आज

सुमन अधिकारी, बुटवल नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको टोलीका सदस्यहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालका एक दर्जन बढी पूर्वक्रिकेटरहरुलाई रुपन्देहीमा सम्मान गरिएको हो । रुपन्देहीको तिलोत्तमामा बन्दै गरेको एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको पूर्व सन्ध्यामा आयोजित क्रिकेट अनुभव आदानप्रदान कार्यक्रममा […]

Success

Thank you for your time.