default_image

Featured

February 7, 2016

नवयुगको हृयाट्रिक मद्दतमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं, २४ माघ । भारतमा जारी १२ औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ । गुवहाटीस्थित जवाहरलाल […]

February 7, 2016

साग फुटबलमा नेपाल र भुटान खेल्दै

गुवाहटी, २४ माघ । नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्ध खेल्दै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागको सुरुआत गर्दैछ । नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । नेपाली टोलीमा अधिकांश […]

February 6, 2016

१२औं साग गेम्स्को दोस्रो दिन नेपाललाई एक रजत र दुई कास्य

गुहावटी, माघ २३ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपालले दोस्रो दिन शनिबार दुई कास्य र एक रजत जित्न सफल भएको छ । सागअन्तर्गत कुस्तीमा एक कास्य तथा भारत्तोलनमा १ रजत र १ कांस्य जितेको छ । नेपालले पुरुषमा रजत र महिलामा कांस्य जित्यो । पुरुषको ६२ केजीमा विकास थापाले नेपाललाई रजत दिलाए । […]

February 6, 2016

स्याङ्जा र म्याग्दी सेमिफाइनलमा

पर्वत २३ माघ । स्याङ्जा र म्याग्दी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला प्रथम ‘नव जागृत कप २०७२’ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा स्याङ्जाले घरेलु टोली पर्वत तथा म्याग्दीले गुल्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । समूह चरणको शनिबार भएको अर्काे खेलमा कास्कीसँग पराजित भएपनि पर्वतले क्वाटरफाइनलमा स्थान बनाएको थियो । […]

February 6, 2016

देवीले जिताईन १२ औं सागमा नेपाललाई पहिलो पदक

काठमाडौं, २३ माघ  । भारत्तोलनका  देवी चौधरीले भारतमा जारी १२ औं साग गेम्समा नेपाललाई पहिलो पदक दिलाएकी छन् । भारत्तोलनको ५३ केजी तौल समूहमा देवी चौधरीले कास्य पदक जितेकी हुन् । गुवाहाटीको भोगेश्वरी फुकानानी इन्डोर  रंगशालामा भएको खेलमा १२६ केजी उचाल्दै उनले पदक जिताएकी हुन् । भारतकी हर्षदिप कौरले स्वर्ण जिते भने श्रीलंककी चमारी मेण्डिसले रजत पदक […]

February 5, 2016

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]

February 5, 2016

आइसीसी यु–१९ विश्वकप क्रिकेटः नेपाल र बंगलादेश खेल्दै

काठमाडौं, माघ २२ । आइसीसी यु–१९ विश्वकप क्रिकेटमा आज नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । घरेलु टोली बंगलादेशविरुद्घ मिरपुर रंगशालामा जित निकाल्दै नेपाली युवा टोली सेमिफाइनलमा प्रवेश गर्दै इतिहास रच्ने अभियानमा हुनेछ । खेल अहिले केही बेरपछि सुरु हुुनेछ । बिहिबार आइसीसीले जारी विश्व कपमा उत्कृष्ट खेल्ने एसोसियट देशलाई दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्व कपमा […]

February 4, 2016

पर्वतको विजयी सुरुआत

पर्वत २१ माघ । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को उद्घाटन खेलमा पर्वत विजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत जिल्ला क्षेत्र नम्वर १ […]

February 4, 2016

नेपाल फिफा वरियतामा आठ स्थान माथि

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

February 3, 2016

राजु रिजाललाई आईसीसीको क्लिन चिट

काठमाडौं, २० माघ । नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले […]

Success

Thank you for your time.