September 2, 2016
हाम्रो खेलकुद – कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सफल पुनरागमन गरेका छन्। अर्जेन्टिना उरुग्वेबिच जारी खेलमा मेस्सीले ४२’औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। मेस्सीले सन्यास फिर्ता लिएसंगै टोलीमा कप्तानको भुमिका पनि निर्वाह गर्दैछन्।
September 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी पौडी खेलाडी गौरिका सिंहको आज शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलेद्वारा सम्मान भएको छ। केही साता अघि मात्र ब्राजिलको रियामा सम्पन्न ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् । बेलायतमा परिवारका साथ बस्दै आएको र उतैबाट रियोमा गएका […]
September 1, 2016
काठमाडौं – एनआइसी एसिया बैंकले राष्ट्रिय टोली सदस्य समेत रहेका यू–१९ क्रिकेट कप्तान राजु रिजाल र प्रेम तामाङलाई दुई बर्षका लागि प्रायोजन गरेको छ । दुई खेलाडी र बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिहीबार थापाथली ट्रेड टावरमा रहेको मुख्य कार्यालयमा बिहीबारसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकबाट राजु र प्रमेले दुई बर्षसम्म मासिक २० […]
August 31, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता यो महिनाको अन्तिममा सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम हुन लागेको प्रतियोगिता भदौं २८ देखि असोज ३ गते सम्म चल्ने छ । प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमासंघका […]
August 31, 2016
काठमाडौं, भदौ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा ६ कर्मचारी र त्यत्तिनै संख्यामा विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ । प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् […]
August 31, 2016
चेल्सीका नयाँ प्रशिक्षक कोन्टेको प्राथमिकतामा सेन्टर डिफेन्स रहे पनि एसि मिलानबाट रोमग्नोली र न्यापोलीबाट कोउलिबली किन्ने प्रयास बिफल भएपछी ट्रान्स्फरको अन्तिम दिनमा चेल्सीले डेभिड लुइज तर्फ ध्यानाकर्षण गरेको छ । स्काइ स्पोर्ट्सको अनुसार चेल्सीले २९ बर्षिय लुइजलाई स्टाम्फर्ड ब्रीज ल्याउन पिएसजि सामु ३० मिलियन पाउन्डको प्रस्ताब राखेको छ । २१ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीले लुइज लाई २०११ मा […]
August 30, 2016
जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ । खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय […]
August 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिगमा ब्वाइज युनियन क्लबका लागि मध्यपुर विरुद्ध डेब्यु गरेका गणेश खड्काले पहिलो खेलमै रातो कार्ड पाएका छन्। आफ्नो पहिलो खेलको चौथो मिनेटमानै उनलाई खेलका रेफ्री श्रवण लामाले रातो कार्ड दिएका हुन्। मध्यपुरको डी बक्समा गणेशले विपक्षी खेलाडीलाई टाउकोले हिर्काएको आरोपमा मध्यपुरको खेलाडी र ब्वाइज युनियनको खेलाडीहरुविच भनाभन […]
August 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एसोसिएसन र डिभाइन ब्वाइज युनिएन क्लबले २-२को बराबरी खेले। खेलको चौथो मिनेटमा गणेश खड्का र सुबर्ण कार्कीले रातो कार्ड पाएपछि दुवै टोलि दश खेलाडीमा घटेका थिए। ब्वाइज युनिएनका बिनोद लामाले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै ब्वाइज […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए कोचिङ कोर्स उतिर्ण गर्ने ८ नेपाली प्रशिक्षक र हालै ओलम्पिकमा सहभागी भएर फर्केका आर्चरी खेलाडी जितबहादुर मोक्तानलाई लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सोमबार सम्मान गरेको छ । क्लबको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा मनाङले उनीहरुलाई सम्मान गरेका हुन् । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले ए कोचिङ कोर्स उर्तिण र जितबहादुरलाई सम्मान पत्रसहित […]