default_image

Featured

March 14, 2016

धनगढी क्रिकेट लिग अनिश्चित कालका लागि स्थगित

धनगढी, चैत १ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही फाल्गुन २२ गते देखि धनगढीमा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्र्तगतका बाँकी सबै खेल अनिश्चित कालका लागि स्थगित भएको छ । धनगढी क्रिकेट एकेडेमीले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालनको सातौ दिनसम्म आईपुग्दा प्रतिकुल मौसम (बर्षासँगै असिना) का कारण मैदान तथा पीच खेल खेलाउँने अवस्थामा नरहेका […]

Light Train2

March 13, 2016

मलेसिया विरुद्धको खेलका लागि ४४ खेलाडी बोलिइए

नेपालका लागि नयाँ कोच ग्योतुकी कोजिले ४४ जना खेलाडी हरु प्रारम्भिक छनोटमा बोलाएका छन| मलेशिया यु२२ बिरुद्ध को फ्रेन्डली म्याच खेल्न को लागि यी खेलाडीहरुको नामावली घोषणा गरिएको हो| साफ, बंगबंधु र  सागक खेलाडी सहित केहि अन्य नयाँ अनुहारलाई पनि यस्मा समावेश गरिएको छ| नामावली यसप्रकार छ: 1) रबिन श्रेष्ठ 2) बिरज महर्जन 3) अनन्त […]

March 13, 2016

रोहितको घुँडाको शल्यक्रिया सम्पन्न; कम्तिमा सात महिना आराम

मलेसियामा व्यवसायिक फुटबल खेल्दा घुँडाको चोट बोक्न पुगेका मिडफिल्डर रोहित चन्दले हिजो शल्यक्रिया गरेका छन्| मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने चोट हो| शल्यक्रियासंगै रोहीतले कम्तिमा सात महिना आराम गर्नुपर्ने छ| साफ च्याम्पियनशिपमा टोलीका सदस्य रहेका रोहित, बंगबंधु र सागमा भने क्लबमा खेल्नुपर्ने कारण टोलीमा रहेका थिएनन्| इन्डोनेसियामा दुइ सिजन बिताएका रोहितको […]

March 12, 2016

फुटबलका खेलाडी तथा प्रशिक्षक सम्मानित

काठमाडौ, फागुन २९ १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा स्वर्णपदक बिजेता खेलाडी बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले शनिबार कार्यक्रम गरी सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका फुटबल खेलाडीद्धय बिलम घर्तीमगर र नवयुग श्रेष्ठ र राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाई पनि सम्मान गरेको हो । एकेडेमीले […]

March 12, 2016

सन्तोषी टोलमाथि क्याम्पसरोडको रोमाञ्चक जित

धनगढी, फागुन २९ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा क्याम्पस रोडले रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको दोस्रो खेलमा क्याम्पसरोडले सन्तोषी टोलमाथि १२ रनको रोमाञ्चक जित निकालेको हो । ४ खेलबाट क्याम्पस रोडको ६ अंक छ । यस्तै दोस्रो स्थानको चौराहाको ४ तथा सन्तोषी टोलको पनि समान चार […]

March 12, 2016

धनगढी क्रिकेट लिगमा अत्तरियाको पहिलो जित

धनगढी, फागुन २९ । धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल)सिजन–३ मा सिवाइसी अत्तरियाले पहिलो जित दर्ता गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा मेवुव आलमको अविजित अर्धशतकीय पारीको मद्दतमा सिवाईसी अत्तरियाले हसनपुर रोयल्र्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । हसनपुर रोयल्स्ले दिएको ९६ रनको लक्ष्य अत्तरियाले ४ विकेटको क्षतिमा […]

Anjan-and-Ananta-Sikkim-reject copy

March 12, 2016

अन्जन र अनन्त आज युरोप जाने

राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप जादैं छन्| डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट […]

March 11, 2016

नेपालले मलेशिया यु-२२सँग खेल खेल्ने

नेपाली राष्ट्रिय फूटबल टिमले मलेशियाको यु-२२ टोलिसँग यही मार्चको अन्त्यमा दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।  भर्खरै नियुक्त भएका जापानिज कोच ज्ञोतुकी कोजिले उक्त खेलामा पहिलो चोटी राष्ट्रिय टोलिको जिम्मेबारी सम्हाल्ने छन ।  एन्फाको अधिकारिक वेबसाईटले जनाए अनुसार नयाँ कोच कोजिले आइतबार सिमराबाट फर्केपछी पहिलो चराणको टोलिको घोसणा गर्नेछन ।  नेपालले मलेशिया यु-२२ बिरुद पहिलो […]

March 11, 2016

बिमल केहि साता पछी मात्र नेदरल्यान्डस जाने

नेपाली राष्ट्रीय टोलिका स्टाइकर बिमल घर्ती मगर चोट्ग्रस्त भएपछी केहि साता पछी मात्र नेदरल्यान्डसको राजधनी एम्स्टारडेम जाने भएका छन । बिमल ले मार्बेलासँग अनुबन्धित भएपछी मार्च १२ तरिखमा नेदरल्यान्डस जाने निस्चित भएको थियो । मार्बेला एफसिले आफ्नो फेसबूकमा जनाए अनुसार उक्त स्पेनिस टोली आइतबारबाट यूरोप टुर गर्दै छ र उसले जर्मनी, नेदरल्यान्डस र बेल्जियमको भर्मण […]

March 10, 2016

चौराहाको अपराजित यात्रामा पुर्णविराम

धनगढी, फागुन २७ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा शीर्ष स्थानको चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । बिहिबार भएको खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजित भएपछि चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको हो । पराजित भएपनि चौराहाले नेट रनरेटमा क्याम्पसरोडलाई पछि पार्दै शीर्ष स्थानमा कायमै छ । यस्तै दोस्रो जित दर्ता गर्दै क्याम्पसरोड […]

Success

Thank you for your time.