March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) संघ सम्बन्धित भएपनि राष्ट्रिय फुटबल टोलीमा कुनै जिम्मेवारी नभएका १० जना टोलीसँग गएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले चासो राखेपछि एन्फामा खलबली मच्चिएको छ । एन्फा उपाध्यक्ष दीपक खतिवडा, सिइओ इन्द्रमान तुलाधरसहित जिल्ला र क्लबका पदाधिकारी विना खास जिम्मेवारी बुधबार टोलीसँगै मलेसिया गएपछि मन्त्रालयले ध्यानाकषर्ण भएको […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कले १८ मार्चमा काठमाडौं आएर ४ दिन नेपाल भ्रमण गर्ने तालिका रहेको छ […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) बाट मलेसिया र बहराइन भ्रमण जान लागेका १० पदाधिकारीको विषयमा युवा तथा खेलकुद मन्त्रालयले ध्यानाकर्षण व्यक्त गरेको छ । हाम्रो खेलकुदले मंगलबार एन्फाको बहराइन भ्रमणमा १० पदाधिकारी जान लागेको समाचार सम्प्रेषण गरेको थियो । यस विषयमा मन्त्रालयले एन्फाले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी (पिएनजी) बाट १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ । नेपालले […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्ने पक्का भएको छ । पुरुषतर्फ […]
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल […]
March 13, 2024
एजेन्सी – इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो। मंगलबार आर्सनलले पोर्टोलाई १-० को जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो […]
March 13, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन टोली नापोलीलाई मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो। नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो […]