default_image

Featured

April 27, 2016

नेपालविरुद्ध गोलको बर्षा

काठमाडौं– नेपालले हारबाट एएफसी यु–१४ गल्र्स रिजनल (दक्षिण र मध्य) च्याम्पियनसिप सुरुआत गरको छ । ताजकिस्तानमा जारी च्याम्पियनसिपमा नेपाली टोली बुधबार छिमेकी भारतसँग ९–० ले पराजित भयो । पहिलो मिनेटमै बान्या कविराजले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ११ औं मिनेटमा सान्थिया भेन्गादाजालमले गोल गन् ि। कप्तान थाइल्यान्डले १३ औं मिनेटमा अर्को गोल गरिन् । […]

April 27, 2016

धोनीको पुने विजयी

हैदरावाद (एजेन्सी) – महेन्द्र सिंह धोनीको राइजिड् पुने सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार सनराइजर्स हैदरावादलाई डक वर्थ लुइस (डिएल) को आधारमा ३४ रनले हराएको छ । टस हारेर पनि पहिले ब्याटिड्को अवसर पाएको हैदरावदले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा पुनले ११ ओभरमा तीन विकेटको क्षेतिमा […]

April 27, 2016

रोनाल्डो विनाको रियल सिटीसँग रोकियो

लन्डन (एजेन्सी) – जोय हार्टले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउने सम्भावनालाई जीवित राखेका छन् । रियाल मिड्डसँगको पहिलो लेगलाई गोलरहित बराबरी रोकेपछि सिटीले अघि बढ्ने सम्भावनालाई यथावत राखेको हो । खेललाई बराबरीमा रोक्ने क्रममा गोलकिपर हार्टले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गरेका थिए । तिघ्राको चोटका कारण क्रिस्टियाने रोनाल्डो सिटीको मैदानमा उत्रेनन् । उनको अनुपस्थितिमा रियलको […]

April 26, 2016

च्याम्पियन्स लिगको सेमिफाइनलमा सिटी र रियल भिड्दै

आज राती हुने यूरोपियन च्याम्पियन्स लिग फूटबलको सेमी फाइनल चराणको खेलमा रियल मड्रीडले ईंग्लिश टोली म्यान्चेस्टर सिटीसँग खेल्दैछ । नेपाली समय राती १२:३०मा सुरुहुने खेल म्यान्चेस्टर सिटीको मैदान ईतिहादमा खेलिनेछ । क्वार्टर फाइनलको खेलहरुमा म्यान्चेस्टर सिटीले पिएसजी र रियल म्याड्रीड्ले वोल्फ्सबर्गको चुनौती पन्छ्याएको थियो । आज रियलको लागि बेन्जेमाले नखेल्नपनी सक्छन, अगिल्लो हप्ता उनि चोटको कारण हाल्फ […]

April 26, 2016

पूर्व अर्थमन्त्री महत- राजनीतिक हस्तक्षेपले क्रिकेट संघ निलम्बनमा पर्यो

काठमाडौं –कांग्रेस नेता रामशरण महतले राजनीतिक हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको बताएका छन् । गत बर्षको भूकम्प र त्यसपछि पूर्ननिर्माणमा भएको ढिलाइका बारेमा कान्तिपुर एफएमको हेडलाइनर्समा कुरा गर्दै पूर्व अर्थमन्त्री समेत क्रिकेटका विषयमा पनि धारणा राखेका थिए । राजनीतिक हस्तक्षेपले सबै क्षेत्र अस्तव्यस्त हुँदै गएको त्यसको पछिल्लो उदाहरण क्यान भएको उनको भनाई […]

April 26, 2016

रोकियो टोटनह्याम, लेस्टर उपाधी नजिक

लण्डन गत राती भएर्को ईंग्लिश प्रीमियार लिगको खेलमा उपाधिको होडमा रहेको टोटनह्याम हटस्पर्सले वेस्ट व्रोम सँग १-१को ड्र खेलेको थियो । उक्त ड्रले अब स्पर्सलाई उपाधिको होड्मा कमजोर बनाएको छ । लेस्टर सिटी ३खेल बांकी रहेको अवस्थामा स्पस्ट ७ अंकको आग्रता सहित पहिलो स्थानमा छ । हिजोको खेल क्रेग डसनको लागि महत्वपूर्ण रह्यो, वेस्ट व्रोम यि डिफेन्डरले […]

April 25, 2016

पञ्जाब फेरी हार्यो, मुम्बईका पटेल र रायडुको अर्धशतक

चन्डिगढ- पार्थिव पटले र अम्बाटी रायडुको शतकिय साझेदारी तथा बलरहरुको किफायती बलिड्बाट प्रेरित मुम्बई इन्डियन्सले सोमबार इन्डियन प्रिमियर लिगमा किड्स ११ पञ्जाबलाई २५ रनले हराएको छ । टस हारेर पाएको ब्याटिड्को मौकालाई पुरापुर उपयोग गर्ने क्रममा पटेल र रायडुले दोस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेपछि मुम्बईले ६ विकेटको क्षेतिमा १ सय ८९ रन […]

April 25, 2016

नेपालले आइसिसीका प्रतियोगिता भने खेल्न पाउने

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपनि नेपाली क्रिकेट टोलीले भने अन्तराष्ट्रिय क्रिकेट खेल्न पाउने बताइएको छ । आन्तरिक विवादमा रुमलिएको नेपाली क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप भएको उल्लेख गर्दै आइसिसीले क्यानलाई निलम्बन गरेको थियो । हाल नेपाली क्रिकेट टोलीले८ राष्ट् सम्मिलित आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिइ रहेको […]

April 25, 2016

आइसिसीले सरकारी हस्तक्षेप स्वीकार नगर्ने

काठमाडौं – झन्डै पाँच महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) माथि गरेको हस्तक्षेपलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको छ । आफु मातहत रहेको क्यानलाई निर्वाचन गर्नु भन्दा विवादमा पार्न राखेप उद्दत रहँदै आएको छ । मंसिर २९ गते साधारण सभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यो साधारण सभालाई […]

April 25, 2016

आइसिसीले क्यानलाई निलम्बन गर्यो

काठमाडौं -नेपाल र नाबियाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुईवटा खेल भएको एक साता नवित्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । नामिबियाविरुद्ध वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालमा निर्वाचित र तदर्थ गरि दुई क्यानको विवादका कारण आइसिसीलाई निलम्बन गर्ने बलियो […]

Success

Thank you for your time.