default_image

Featured

April 29, 2016

साग स्वर्ण विजेतालाई उज्यालोद्वारा नगदसहित सम्मान

काठमाडौं, वैशाख १६ – भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीलाई उज्यालोले नगद पुरस्कारसहित सम्मान गरेको छ । उज्यालो नाइन्टी नेटवर्क र उज्यालो अनलाइनको मातृ संस्था कम्युनिकेशन कर्नरले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा सागका स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो । फुटबलतर्फ स्वर्ण पदक जित्ने टिमलाई ५० हजार रुपैया तथा उसुकी स्वर्ण विजेता […]

April 29, 2016

युरोपामा लिभरपुलको हार

हिजो भएको युरोपा लिगको सेमिफाइनल राउण्ड अन्तर्गतको खेलमा लिभरपुलले भिल्लारियलसँग १-०को पराजाय भोगेको छ, अर्को शाख्तार र सेभिल्लाको खेल भने २-२मा अन्त्य भएको थिए । दुबै खेल पहिलो लेग हो ।  लिभरपुल र भिल्लरियल बिरुद्को खेलमा दुबै टोली उस्तै देखिएको थियो, खेलको एकमात्र गोल स्पेनिश फर्वार्ड एड्रीयन लोपेजले गरेका थिए, उक्त गोलको लागि घरेलु टोलिले […]

April 28, 2016

सन्दीपलाई हङकङ ट्वान्टी–२० क्रिकेटमा मौका

काठमाडौं– नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लि खेल्ने भएका छन् । वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् […]

April 28, 2016

गत बर्ष फाइनल पुगेको नेपाल पहिलो चरणबाटै बाहिर

काठमाडौ– गत बर्ष एएफसी यू १४ गल्र्स क्षेत्रिय (दक्षिण र मध्य) च्याम्पिसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली टोलीले यसपटक लज्जास्पद हार बेहोर्दै स्वदेश फर्कने तयारीमा छ । ताजकिस्तानमा जारी च्याम्पियनसिपमा लगातार दोस्रो खेल ९–० ले पराजित हुँदै नेपाली टोली समुह चरणबाटै बाहिरिएको छ । गत बर्ष काठमाडौंमा आयोजना भएको च्याम्पियनसिपमा नेपाल फाइनल सम्म पुगेको थियो […]

April 28, 2016

पुलिसका लागि निशाको ह्याट्रिक

काठमाडौं – निशा सुनारले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले बिहिबार राष्ट्रिय महिला लिगमा अर्को विभागित टोली एपिएफ क्लबलाई ३–१ हराएको छ । सातदोबाटोस्थित एन्फा कम्पेक्सको एस्ट्रो टर्फमा १–० ले पछि परेको अवस्थालाई पुलिसले उल्टाउको थियो । आठौं मिनेटमा अनु लामाको गोलबाट लिएको अग्रतालाई एपिएफले जोगाउन सकेन । पहिलो हाफको अन्तिम मिनेटमा निशाले पुलिसका लागि बराबरी […]

April 28, 2016

आज युरोपा लिगको सेमी फाइनलमा लिभरपुल भिल्लारियलसँग खेल्दै

आज हुने युरोपा लिगको अन्तर्गतको सेमी फाइनल खेलहरुमा लिभरपुल भिल्लारियलसँग र शाख्तार सेभिल्लासँग खेल्दै छ । लिभरपुलले क्वार्टर फाइनल मा बोरुसिया डर्ट्मुन्डलाई पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको थियो । दुबै खेल राती नेपाली समय १२:५०मा सुरु हुनेछ । भिल्लारियलको मैदानमा हुनेखेल मा लिभरपुललाई खेलाडिहरुको चोट्ले गर्दा केहि अफ्ठेरो पर्न सक्नेछ । क्यान, ओरिगि, हेन्डर्सन लगायतका […]

April 28, 2016

एट्लेटिकोको अग्रता, बायर्न पराजित

मड्रिड (एजेन्सी)-साउल निगुइजले एकल प्रयासमा गोल गरेपछि एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई १-० ले हराएको छ । बायर्नको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै निगुइजले खेलको ११ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । झिनो अग्रताका साथ एट्लेटिकोले अर्को साता जर्मन भ्रमण गर्नेछ । सबै खाले प्रतियोगितामा गरि निगुइजको त्यो […]

April 27, 2016

१ रनको जितपछि गुजरात आइपिएलको शीर्षस्थानमा

दिल्ली ,(एजेन्सी) क्रिस मोरिसले ब्याट्डि र बलिड्मा उच्च प्रदर्शन गरेपनि दिल्ली डेरडेभिल्स गुजराज लायन्ससँग १ रनले पराजित भएको छ । ६ खेलमा पाँचौ जितपछि १० अंकका साथ गुजराज कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ टोली रहेको आइपिएलमा ६ अंकसहित दिल्ली तेस्रो स्थानमा छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको […]

April 27, 2016

नेपालगन्ज गोल्डकपमा ८ टोली

काठमाडौं – बाँके जिल्ला फुटबल संघको आयोजनामा यती सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल बिहीबार नेपालगन्ज रंगशालामा सुरु हुँदैछ । वैशाख २३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन क्लब सरस्वती, एपिएफ र त्रिभुवन आर्मीको सहभागिता रहेनेछ । प्रतियोगितामा सहभागी अन्य टोलीमा नेपालगन्ज–११, सुदुरपश्चिम–११, रुपन्देही ११, भारतको लखनउ र वेष्ट काठमाडौं एफसी रहेका छन् । उद्घाटन खेलमा नेपालगन्ज–११ र […]

April 27, 2016

एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट हुने

काठमाडौ – कञ्चनजंघा इन्टरनेसनल प्रालिले एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिालयको मैदानमा शनिबार सुरु हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटका आधारमा हुने प्रतियोगिता वैशाख २५ सम्म चल्नेछ । आयोजक कञ्चनजंगाले यसअघि कुरिनटारमा कर्पोरेट बिच क्रिकेट आयोजना गरेको थियो […]

Success

Thank you for your time.