default_image

Featured

March 15, 2024

साउदी बस्ने तमुले महिला फुटबललाई १० लाख पठाए

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ दिएका छन् । साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट रकम दिएको बताएका […]

March 15, 2024

एभरेष्टमा कप्तान अरुणासहित ३ भारतीय स्टार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एभरेष्ट भलिबल क्लबबाट खेल्ने भएका छन् । एभरेष्टले शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि कप्तान अरुणासहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई […]

March 15, 2024

च्याम्पियन्स लिग क्वाटरफाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्ने

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । स्विट्जरल्यान्डको नियोनमा भएको ड्र समारोहका बीच अन्तिम आठका खेलहरूको टुंगो लागेको हो । गत संस्करणको विजेता म्यानचेस्टर सिटीले १४ पटकको विजेता रियल म्याड्रिडको सामना गर्ने भएको छ । गत संस्करणको सेमीफाइनलमा पनि यी दुई टोली आमने सामने भएका थिए । समग्रमा सिटी ५-१ ले […]

March 15, 2024

महिला फुटबल टोलीको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो । जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित […]

March 15, 2024

नेपाल र मलेसिया खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बहराइन विरुद्ध बहराइनमै हुने फिफा विश्वकप छनोट खेलको तयारीका लागि नेपाली पुरुष फुटबल टोलीले आज मलेसियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे शाह आलम स्थित यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा सुरु हुनेछ । खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुने भएकाले समर्थकलाई प्रवेश खुला गरिएको छैन । यस्तै खेलको […]

March 15, 2024

थप १० पदाधिकारी बहराइन पठाउन राखेपलाई एन्फाको पत्र

काठमाडौं (हाम्रो खेलकुद) – आफ्ना पदाधिकारी र अन्यलाई विना जिम्मेवारी वैदेशिक यात्रामा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को मनलाग्दी निर्णयलाई रोक्ने जिम्मेवारी अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्व समक्ष पुगेको छ । फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोटका लागि बहराइन पठाउन स्वीकृतिका लागि एन्फाले बिहीबार राष्ट्रिय फुटबल टोलीसहित ४१ जनाको सुची […]

March 15, 2024

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहीबार दोस्रो लेगमा स्पर्टा प्रागलाई ६-१ ले हराउँदै लिभरपुल समग्रमा ११-२ को अग्रतासहित अन्तिम ८ पुगेको हो । पहिलो लेगमा लिभरपुल ५-१ ले विजयी भएको थियो। दोस्रो लेगमा लिभरपुलको जितमा कोडी गोक्पाले २, डार्विन नुनेज, क्लार्क, सलाह र सोबोस्जाईले समान १ गोल गरे। प्रागका […]

March 14, 2024

बागलुङ सुधार र श्रीमेहर गण फाइनलमा

अर्जुन कार्की, बागलुङ बागलुङ सुधार केन्द्र र श्रीमेहर गण दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाइनलमा बागलुङ सुधारले वरदान निउरेको निर्णायक गोलमा रुद्रेपिपल युवा क्लबलाई २–१ ले हराउँदै फाइनलमा पुगेको छ । विदेशी खेलाडी साम्बो ओस्कारले ४७ औं मिनेटमा बागलुङ सुधारका लागि गोल गरे । आशिष केसीकौ […]

March 14, 2024

अनुशासन बनाइ राख्न खेलकुद मन्त्री श्रेष्ठको जोड

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठले आफ्नो स्वागत र बधाइ कार्यक्रममा दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने […]

March 14, 2024

घैरुङको सेमिफाइनल यात्रामा किशोर नायक

सुशिल पन्त क्षेत्री, चितवन पेनाल्टी सुटआउटमा गोलकिपर किशोर कोइराला नायक बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ लाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै घैरुङ अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ का दुई खेलाडीको प्रहार असफल बनाएका […]

Success

Thank you for your time.