default_image

Featured

December 11, 2024

काभा क्लब च्याम्पियन्सिप – हेल्प नेपाल र क्लब एचडिसी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]

December 11, 2024

जनकपुरका बलर चम्कदा सुदूरपश्चिमको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले सामान्य योगफल तयार गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडे […]

December 11, 2024

लिन्डेको अलराउन्ड प्रदर्शनमा दक्षिण अफ्रिकाको जित

एजेन्सी- जर्ज लिन्डेको अलराउन्ड प्रदर्शनमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पहिलो टि ट्वान्टी आईमा हराएको छ । दक्षिण अफ्रिकाले मंगलवार ११ रनको जित हात पारेको हो । घरेलु टोलीले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 11, 2024

जनकपुरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान अनिल कुमार शाहले बलिङ रोजेका छन् । यो खेलमा पनि जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । […]

December 11, 2024

एनपिएलमा आज पनि दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवार पनि दुई खेल हुनेछन्। एनपिएलमा आज १८औं तथा १९औं खेल हुँदैछ । पहिलो खेलमा शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सकोबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। जनकपुरले खेलेका सबै ४ खेल नै जितेर प्लेअफको सम्भावना […]

December 10, 2024

अमेरिकी अलराउन्डर सिंहले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका  सिंह सोमवार नेपाल आएको सुदूरपश्चिमले‌ जनाएको छ। उनले २३ टि ट्वान्टी आई र १० ओडिआई खेलेका छन् । भारतबाट यू१९ विश्वकप […]

December 10, 2024

कोशी १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औँ बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औँ राष्ट्रिय […]

December 10, 2024

लारा नेपाल आउँदै!

काठमाडौं (हाम्रो खेलकुद)- वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलवार साँझ एक्समार्फत लारा नेपाल आउन लागेको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कै दौरान लारा नेपाल आउन लागेको खड्काको पोस्टबाट प्रस्ट भएपनि मिति भने खुलाइएको छैन । एनपिएलको ३२ मध्ये […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

Success

Thank you for your time.