default_image

Featured

July 23, 2016

जगजितको शानदार फ्रिकिकमा ह्युम विजयी

गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]

July 23, 2016

फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोली त्यहाँ पुगेको थियो । साउन ४ मा एमसिसीलाई हराउनुअघि नेपाली टोलीले चार खेलमा स्थानिय टोलीलाई पराजित गरेको थियो । भ्रणमलाई […]

July 22, 2016

समर्पित समर्थकको भोको नेपाली फुटबल

-सुबास हुमागाईं बिहिबार एक भव्य समारोहबिच नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। फुटबलको वर्चस्व रहेको उक्त कार्यक्रममा एक अनौठोलाग्दो तथ्यले भने सारा फुटबल जगतलाई पुन: एकपटक झकझक्याएको छ। करिब एक महिना अगाडी घोषणा गरिएको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा भोटिङका आधारमा विजेता छनोट गरिने पद्दति अपनाइएको थियो। यसका […]

July 21, 2016

नवयुग र फूपुल्हामु उत्कृष्ट खेलाडी, ९ मध्ये ६ अवार्ड फुटबललाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट […]

July 20, 2016

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सबै तयारी पुरा भएको छ । महाभूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण भने आयोजना संभव भएन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीस“गै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाउनु भएको थियो ।  […]

July 19, 2016

लर्डसमा नेपाली क्रिकेट टोलीको शान

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई ४१ रनले हराएको छ । लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा एमसिसी ४७.२ मा सबै विकेट गुमाएर १ स ७६ रन बनाएको थियो । एमसिसीलाई रोक्ने […]

Aldershot Inam Kharel

July 19, 2016

इनामलाई इङ्लिश क्लब एल्डर्सटमा मौका

२० बर्षिय इनाम खरेललाई एल्डर्सट टाउनमा परीक्षणको रुपमा मौका मिलेको छ । पुर्व कुइन्स पार्क्स रेन्जर्सका म्यानेजर गेरी वाडलकको रेखदेखमा उनले ट्राइल दिने कुरा एल्डर्सट टाउनको फेसबुक पेजमा जनाएको छ । लण्डनमा बस्दै आएका इनाम खरेल यस अघी ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेलेका थिए । नेपाल आएर नेपालको यु-२३ टोलीबाट खेल्न […]

July 19, 2016

नेपाल र एम.सी.सी.को खेल प्रत्यक्ष प्रशारण हुने

नेपाल र मेरिलेबोन क्रिकेट क्लब बिचको एकदिवसीय खेल एन.टि.भी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज दिउसो ३:१५ बजे सुरु हुने खेलको अनलाइन स्त्ट्रीमिंग भने हाम्रोखेलकुद डट कम ले गर्नेछ । एन टि भी प्लसमा खेलको प्रत्यक्ष प्रशारण हुने जानकारी बरिष्ठ खेल पत्रकार एवं लोकप्रिय क्रिकेट कमेन्टेटर दुर्गानाथ सुबेदी (देबेन्द्र)ले ट्वीटर मार्फत दिएका हुन्। […]

July 19, 2016

नबिन आर्मीको प्रशिक्षक नियुक्त

पुर्व राष्ट्रिय खेलाडी एवं मनाङ मर्श्याङदि क्लबका पुर्व प्रशिक्षक र खेलाडी नबिन न्यौपाने त्रिभुवन आर्मी क्लबका प्रशिक्षक पदमा नियुक्त भएका छन्। केहि महिना अघि मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका उनले आर्मीमा मेघराज के.सी.को स्थानमा आएका हुन्। मेघराज आर्मीमा आफ्नो अनुबन्धन सकिएपछि थ्री स्टार जाने सम्भावना बढी रहेको छ। नबिनले यसअघी मनाङ मर्श्याङदि क्लबमा […]

July 19, 2016

क्रिकेटमा आबद्ध सबैका लागि विशेष दिन – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – बेलायत भ्रमणमा रहेको नेपाली टोलीको वास्तविक परिक्षा आजको खेलमा हुँदैछ । स्थानिय क्लबहरुसँगको ४ मा सबै अभ्यास खेल जितेको नेपालले आज मेरिलेबर्न क्रिकेट क्लब (एमसिसी) सँग लड्स मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको उपलक्ष्यमा एक दिवसिय खेल खेल्न लागेको हो । खेललाई लिएर […]

Success

Thank you for your time.