default_image

Featured

July 29, 2016

पूर्व अन्तराष्ट्रिय खेलाडी मगरको निधन

बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्रबहादुर पुन मगरको बिहिबार ४५ वर्षको उमेरमा देहवासान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो […]

July 29, 2016

सुर्बिन्द्रले जिते वर्षको सर्वोत्कृष्ट खेलकुद फोटो

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो।  विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।  

July 28, 2016

नेपाली क्रिकेट विवाद अझै लम्बिने संकेत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ । देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत […]

July 28, 2016

भारतविरुद्ध नेपालको सन्तोष जनक प्रदर्शन

काठमाडौं, साउन १३ नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हरायो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको […]

July 28, 2016

पौडी खेलाडी शीरिष भाटभटिनीको ब्रान्ड एम्बसडर, मासिक १ लाख पाउने

काठमाडौं – ओलम्पिक खेल्ने तयारीमा रहेका पौडी खेलाडी शीरिष गुरुङलाई भाटभटेनी मार्केटले एक बर्षका लागि आफ्नो ब्रान्ड एम्बसडर बनाएको छ । भाटभटिनीले शीरिषलाई मासिक १ लाख रुपैयाँमा सम्झौता गरेको हो । सम्झौता अनुसार शीरिषले राष्ट्रिय कीर्तिमान तोडेमा थप १० हजार रुपैयाँ पाउनेछन् । नेपाली खेलकुदमा सार्वजनिक रुपमा गरिएको सम्झौतामा यो सबैभन्दा ठूलो राशीको सम्झौता हो […]

July 28, 2016

१२ औं सागका पदक विजेतालाई ६ महिनापछि नगद पुरस्कार

१२ औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएको झन्डै ६ महिना पछि सरकारले पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ । बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र पदक जितेका राष्ट्रिय संघलाई गरि झन्डै ४ करोड रुपैयाँ वितरण गरे । भारतको सिलोङ र गुहाटीमा फागुनको पहिलो साता सम्पन्न १२ औं […]

July 28, 2016

चेल्सी, एसी मिलान र पिएसजी बिजयी

आज अमेरिकामा भएको ईन्टरनेशनल च्याम्पियन्स कपको खेलहरुमा पिएसजीले रियल मड्रीड्लाई, चेल्सीले लिभरपुललाई र एसी मिलानले म्युनिखलाई पराजित गरेको छ ।  आज भएको पहिलो खेलमा रियल मड्रीड र पिएसजी खेलेका थिए । ३-१मा तुङिएको खेलको सबै गोल पहिलो हाल्फमा सम्भव भएको थियो । खेलको दोस्रो मिनटमनै पिएसजीले इकोनेको गोल मर्फात आग्रता लिएको थियो भने ३५औ र […]

July 27, 2016

नेपालको क्रिकेट विवाद समाधान कहिले होला ?

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट क्यान (क्यान) माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधि मण्डल दुई दिनदेखि राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि त्यसले निलम्बन फुकुवाको संकेत देखिएको छैन । क्यान विवादको एउटा मुख्य कारक बन्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टसँग […]

July 27, 2016

भारतलाई हराउने लक्ष्य

काठमाडौं । नेपालभलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालले छिमेकी मुलुक भारतलाई पराजितगर्ने लक्ष्य राखेको छ । एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टारा फ्लेक्सको उद्घाटनको अवसरमा संघले छिमेकी मुलुक भारत सँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपाली टिमका मुख्यप्रशिक्षक सुदेश कुमार रिमालले प्रतियोगिताको तयारीबाट सन्तुष्ट रहेको बताउदै मैत्रीपूर्ण खेलमाभारतलाई हराउने लक्ष्य […]

July 27, 2016

बंगलादेशमा बालगोपालको टोली बराबरीमा रोकियो

नेपाली प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिंदै आएको क्लब ब्रदर्श युनियनले लिगको पहिलो खेलमा बराबरी खेलेको छ । बंगलादेश प्रिमिएर लिगको पहिलो खेलमा चटगाँउस्थित एमए अजिज रंगशालामा मंगलबार भएको खेलमा ब्रदर्श युनियनले फेनी सकर क्लबसंग १–१ को बराबरी खेलेको थियो । खेलको चौथो मिनेटमै सुनान्त त्रिपुराको गोलबाट अघि बढेको फेनीले हाइटीका स्ट्राइकर अगस्टियन वाल्सनले २७ औं […]

Success

Thank you for your time.