default_image

Featured

messi scores hatrick against Panama

August 13, 2016

मेस्सीद्वारा सन्यास फिर्ता

लियोनेल मेस्सीले कोपा अमेरिका सकिएलगत्तै अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन्। आगामी महिना उरुग्वे र भनेजुएलामा हुने विश्वकप २०१८को छनोट चरणको खेलका लागि नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले मेस्सीलाई टोलीमा सामेल गरेका हुन्। मेस्सी आफैंले पनि सन्यास फिर्ता लिएको स्विकारेका छन्। सो टोलीमा हालै युभेन्टस पुगेका गोन्जालो हिगुएनको भने नाम छैन। उनकै नयाँ टोलीका समकक्षी […]

August 13, 2016

ओलम्पिकमा सरस्वतिको राष्ट्रिय किर्तिमान

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत १५००मि दौडमा नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा नेपाली समयअनुसार शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।  भट्टराईले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ […]

August 11, 2016

पुलिस र आर्मी क्लब सेमिफाइनलमा

नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी […]

August 11, 2016

रियो तेक्वान्दो टोली भोलि जाँदै

ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ । तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौलसमूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा […]

August 10, 2016

एनआरटी सेमिफाइलनमा

काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा  स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको […]

August 10, 2016

तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

सोल – वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकारढकाल, सागर श्रेष्ठ , ससिन शर्माले स्वर्ण पदक जितेका छन । ७ देखि ८  तारिख भएको खेल बर्तमान संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममाखेलाईएको थियो । अमेरिका , रसिया, चीन, भारत, बङ्गलादेश , श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १२ जना खेलाडीहरू अन्तराष्ट्रिय प्रशिक्षक तथा यससंघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा नेपाली तेक्वान्दो टिम कोरिया प्रस्थान गरेका थिए । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल जुनियर तर्फ सिजन भन्डारी, ससिन शर्मा , सबिन बस्याल , आयुषा गुरुङले जितिन ।दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले गोल्ड मेडल स्मृति थापा, सिजन भन्डारी , साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले ५ सिल्बर मेडल जित्नसफल भएका छन् ।नेपालले पुम्से र स्पाईरिङ गरि ४ गोल्ड, १० सिल्भर र ४ ब्रोन्ज जित्न सफल भयो ।

August 9, 2016

राष्ट्रिय किर्तिमान राख्दै शिरिषको रियो ओलम्पिक यात्रा सकियो

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६को पौडी अन्तर्गत पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका शिरिष गुरुङले प्रतिस्पर्धा गरेका थिए। मोजाम्बिकका इगोर मोन्याले उक्त हिट जितेका थिए भने शिरिषले अन्तिम स्थानमा रहँदै हिट पुरा गरे। उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे।

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

August 9, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनुद्वारा पराजित

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६ अन्तर्गत आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अटनु दाससंग पराजय भोगेका छन्। पहिलो चरणमा ६०७ अंक जोडेर ६०औं स्थान हासिल गरेर दोश्रो चरण पुगेका मोक्तानले र्याँकिंग राउण्डमा पाँचौ स्थान हासिल गरेका अतनु दाससंग खेलेका थिए। पहिलो सेटमा २९-२६ले हारेका मोक्तानले दोश्रो सेट २९-२४ले गुमाए। तेश्रो सेटमा उनले खेलको दोश्रो  १० स्कोर […]

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

Success

Thank you for your time.