default_image

Featured

September 5, 2016

चेस ओलम्पियाडमा नेपालको दुवै टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो […]

September 5, 2016

इङ्ल्यान्डलाई क्रिकेट श्रृखंला, अन्तिम खेलमा पाकिस्तानको जित

कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ । अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि […]

September 5, 2016

अस्ट्रेलियाले श्रीलंकालाई हरायो, श्रृखंलामा अस्ट्रेलिया ४–१ ले विजयी

पल्लिकेले (एजेन्सी) – कप्तान डेभिड वार्नर श्रीलंकामा एक दिवसिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन बनेको खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच एक दिवसिय क्रिकेट श्रृखंला ४–१ ले जितेको छ । अस्ट्रेलियाले ४३ बल अघि नै ५ विकेटको क्षेतिमा आवश्यक रहन जोडेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४०.२ ओभरमा सबै […]

Mullar

September 5, 2016

विश्वकप छनोटमा जर्मनी र इङ्ल्यान्ड विजयी

स्लोभाकिया (एजेन्सी) – साविक विजेता जर्मनी र इङ्ल्यान्डले जितबाट विश्वकप छनोटको यात्रा सुरु गरेका छन् । रसियामा सन् २०१८ मा हुने विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत आइतबार जर्मनीले नर्वेलाई ३–० ले हरायो भने समूह एफमा इङ्ल्यान्डले घरेलु टोली स्लोभाकियामाथि १–० को कठिन जित हासिल गरेको छ । १० खेलाडीमा सिमिति स्लोभाकियाव्रिुद्ध इङ्ल्यान्डका लागि एडम लेलानाले इन्जुरी […]

September 4, 2016

न्यू डाइमन्डलाई भलिबल उपाधि, एपिएफ फेरी पराजित

काठमाडौं (हाम्रो खेलकुद )– न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । लगातार चौथो पटक उपाधि जित्ने क्रममा न्यू डायमन्डले आइतबार शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन् । कप्तान ललिता नाथले ८ र पनमिका राईले ७ स्कोर गरिन […]

September 3, 2016

टेन्डीले जिते गल्फको मन्थ्ली मेडल

काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् । पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि […]

September 3, 2016

न्यु डायमन्ड र एपिएफ उपाधि नजिक

लामाचौर – साविक विजेता न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब लामाचौरमा भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन । शनिबार डायमन्डले पश्चिमाञ्चलाई २५–१५, २५–१५, २५–१६ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । डायमन्डलाई फाइनलमा पु¥याउदा प्रतिभा माली, कृपा अधिकारी, कप्तान ललिता नाथ, पनमिका राईले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा राष्ट्रिय टोलीकी समेत […]

September 3, 2016

बि डिभिजनमा कमजोर देखिदैं सामाजिक

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा भदौ ५ गतेबाट सुरु भएको ‘बि’ डिभिजन लिगमा सबै टोलीले तेश्रो चरणको खेल खेलिसकेका छन् र लिगमा ५ दिनको विश्राम चलिरहेको छ। चार खेल खेलेको न्यु रोड टिम (एन.आर.टि) दश अंकका साथ अग्रस्थानमा छ भने आर.सी.टि. ८ अंक बोकेर दोश्रो स्थानमा रहेको छ। लिगको अन्तिम स्थानमा भने कुनै अंक नजोडेको […]

September 2, 2016

पोखरामा न्यु डायमन्डसँग आर्मी पराजित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डाइमन्ड एकेडेमी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजना शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५–११,२५–१७ र २५–१५ले हराउँदै अन्तिम चार पुगेको हो । न्यु डाइमन्ड समूह कको विजेता र हारका वावजुद आर्मी समूहको उपविजेताका रुपमा अघि बढेको हो […]

September 2, 2016

मेस्सीको गोलमा अर्जेन्टिना विजयी

हाम्रो खेलकुद – लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई १-०ले पराजित गरेको छ। राष्ट्रिय टोलीबाट सन्यास लिएपछि पुनरागमन गरेका मेस्सीले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। उनिसंगै डि मारीया र मासेरानोले पनि सन्यास फिर्ता गरेका छन्।  

Success

Thank you for your time.