default_image

Featured

September 13, 2016

पाँचौ यूरोपियन पारा तेक्वान्दो टोली आज पोल्यान्ड जादैं

पाँचौ यूरोपियन पारा तेक्वान्दो च्याम्पियन्शिपमा सहभागिता जनाउन चार सदश्यीय टोली आज बेलुकी ११:१५मा पोल्यान्डतर्फ प्रस्थान गर्दैछन । दुई खेलाडी सिता भण्डारी र रन्जना धामीसँग ब्यवस्थापक कल्याण कुँवर र प्रशिक्षक दिपक बिष्टपनी रहेका छन । सेप्टेम्बर  १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् […]

September 13, 2016

बार्सिलोना विरुद्ध ऐतिहासिक जितको दाउमा सेल्टिक

हाम्री खेलकुद – २०१६/१७ सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेल मंगलबार बाट सुरु हुदैं छन्। बार्सिलोना र सेल्टिकबीचको  खेल नेपाली समयानुसार बुधबार विहान १२:३० बजे सुरु हुनेछ। स्पेनिश लिगमा अलाभेससंग २-१ले पराजय भोगेपछि बार्सिलोनालाई यस खेलमा जित हात पार्नैपर्ने दवाव रहेको छ। उक्त खेलमा मेसि, सुआरेज र नेयमार तीनैजना दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। […]

September 12, 2016

गोर्खा ब्रुअरी इन्डोर कर्पोरेट क्रिकेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेटको उपाधि गोर्खा ब्रुअरीले जितेको छ । गोर्खा ब्रुअरीले आइतबार भएको फाइनलमा सिप्रदीलाई ३ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको सिप्रदीले १२ ओभरमा ६ विकेटको गुमाएर ९१ रन बनाएको थियो । प्रतिउत्तरमा विश्वास मानन्धरको उच्च ३८ रनमा गोर्खा ब्रुअरीले १२ ओभरमा ४ विकेट गुमाउँदै आवश्यक जितका […]

September 12, 2016

नेपाल समूह डीको दोस्रो स्थानमा, बाकुमा चेस ओलम्पियाड जारी

काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको नवौं चरणको समाप्तीपछि नेपाली पुरुष टोली समूह डीको दोस्रो स्थानमा उक्लेको छ । अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली टोली सोमबार जमैकालाई २.५–१.५ ले हराएपछि तालिकाको दोस्रो स्थानमा उक्लेको हो । नेपाल दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानभन्दा अंकतालिकामा माथि रहेको छ । समूह डीमा श्रीलंका आठौं र […]

September 12, 2016

पारस र बसन्तको टोली वाइवाइ इपिएल ट्वान्टी–२० को उद्घाटनमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स […]

September 12, 2016

वावारिन्कालाई युएस ओपन, जोकोभिच पराजित

न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]

September 11, 2016

बी डिभिजन लिगमा एनआरटीको शीर्षता कायमै

काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो […]

September 11, 2016

फुपुल्हामुलाई अर्को सफलता, एसियन जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।   भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो ।  फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]

real madrid

September 10, 2016

युरो पछिको पहिलो खेलमा रोनाल्डोको गोल, रियालको सहज जित

युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]

Neymar

September 10, 2016

नेमारद्वारा बार्सिलोनामा बस्न धेरै पैसाको प्रस्ताव अस्वीकार

नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन । बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए । पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता […]

Success

Thank you for your time.