default_image

Featured

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

पुलिस समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘सी’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिसले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पुलिससँगको हारको बावजुत पनि […]

March 18, 2024

एपिएफमाथि डायमण्डको जित

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । डायमण्डले उपाधि दावेदार एपिएफमाथि ३–१ को सेटमा जित निकालेको हो । खेलको सुरुवातदेखि नै उच्च प्रदर्शन गरेको डायमण्डले त्यही प्रदर्शनलाई निरन्तरता दिदा सफलता हात पारेको हो । […]

March 18, 2024

भलिबल च्याम्पियनसिप – एभरेष्टसँग आर्मीको हार

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । तीन भारतीय सम्मलित एभरेष्टले च्याम्पियनसिपको तेस्रो दिन मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

March 17, 2024

चेल्सी एफए कपको सेमीफाइनलमा

एजेन्सी – लेस्टर सिटी विरुद्ध जित निकाल्दै चेल्सी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । आईतबार साँझ भएको खेलमा चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४-२ को जित निकालेको हो । खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । २६औं […]

March 17, 2024

डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक

हिमाल खरेल, बिर्तामोडझापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र खेलमैदानभित्र खेलकुदबाहेकका गतिविधि गर्न निषेध गरेको हो । समितिले खेलकुदबाहेकका कार्यक्रमका लागि रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष विकास गिरीले झापा टुडेलाई […]

March 17, 2024

ट्रायथलन फेमिलियराइजेसन कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयेजना गरेको छ । ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले ट्रायथलनका लागि  उपयुक्त पोखरामा […]

March 17, 2024

टिप टप हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल क्लबले जितका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । आइतबार टिप टप हेल्प नेपालअघि मणिमुकुन्द भलिबल क्लब, बुढानिलकण्ठ र सुदूरपश्चिम प्रदेश तथा महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए । आइतबारका सबै ६ खेल सोझो सेटमा […]

Success

Thank you for your time.