default_image

Featured

March 23, 2024

गण्डकीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […]

March 23, 2024

राइट टु प्रोटिन हाफ म्याराथन- सन्तोषी र दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिबार तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनिन् । तेस्रो संस्करणमा सन्तोषी दोस्रो पटक च्याम्पियन बनेकी हुन् । गत वर्ष बंगलादेश गएका कारण उनले भाग […]

March 23, 2024

स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित […]

March 22, 2024

जीतपुरसिमरा गोल्डकप यसै महिना

सुनिल गाउँले ,सिमरा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । चैत २४ देखि २०८१ वैशाख ३ गते सम्म हुने प्रतियोगितामा सहभागी टोलीको टुंगो लागेको आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।  सिमरा रंगशालामा फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा दुई विभागीय सहित ए डिभिजनका ५ क्लब, एपिएफ र […]

March 22, 2024

वडा अध्यक्ष कप चेस सुरु

ललितपुर (हाम्रो खेलकुद) – महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार चरणका खेल सम्पन्न भएका छन्। आज सम्पन्न भएको प्रतिस्पर्धामा आफ्ना सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल , ललितपुरका बद्रीलाल नेपाली , रौतहटका रुपेश जैसवाल , ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस […]

March 22, 2024

इण्डो नेपाल कपमा लखनउ र सुदुर पश्चिम विजयी

राकेश तिमल्सिना, चितवन चितवनमा जारी इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको शुक्रबार भएका खेलमा पिएसआर लखनउ र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् । लखनउले भरतपुर मेयर्स ११ लाई ८६ रन तथा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो। प्रतियोगिता यो दुवै टोलीको पहिलो जित रहेको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]

March 22, 2024

युवा तथा खेलकुद मन्त्री श्रेष्ठलाई एनओसीको स्वागत

काठमाडौं ( हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले आफ्नो स्वागतमा शुक्रबार राखेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । एनओसीका […]

March 22, 2024

पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का […]

March 22, 2024

पुलिसलाई‌ हराउँदै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। आर्मीले अर्को‌ विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ ले हराउँदै फाइनल पुगेको हो। आर्मी १८-२५, २५-२३, २४-२६, २५-१३ र १५-१३ ले विजयी भएको हो। त्यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

March 22, 2024

गण्डकीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल लगातार उपाधि नजिक पुगेको हो । तीन पाकिस्तानी […]

Success

Thank you for your time.