March 22, 2024
ललितपुर (हाम्रो खेलकुद) – महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार चरणका खेल सम्पन्न भएका छन्। आज सम्पन्न भएको प्रतिस्पर्धामा आफ्ना सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल , ललितपुरका बद्रीलाल नेपाली , रौतहटका रुपेश जैसवाल , ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस […]
March 22, 2024
राकेश तिमल्सिना, चितवन चितवनमा जारी इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको शुक्रबार भएका खेलमा पिएसआर लखनउ र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् । लखनउले भरतपुर मेयर्स ११ लाई ८६ रन तथा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो। प्रतियोगिता यो दुवै टोलीको पहिलो जित रहेको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]
March 22, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले आफ्नो स्वागतमा शुक्रबार राखेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । एनओसीका […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ ले हराउँदै फाइनल पुगेको हो। आर्मी १८-२५, २५-२३, २४-२६, २५-१३ र १५-१३ ले विजयी भएको हो। त्यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल लगातार उपाधि नजिक पुगेको हो । तीन पाकिस्तानी […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोली रटेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) बीच हुने क्रिकेट सिरिजका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टि–२० त्रिकोणात्मक सिरिजका […]
March 22, 2024
काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिमलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यस जितसँगै एपिएफले समूह चरणका भोगेको हारको बदला लिएको छ […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटकै सबैभन्दा ठूलो घरेलु टि-२० फ्रानचाइज लिग इंडियन प्रिमियर लिग (आईपिएल) आजदेखि सुरु हुँदैछ । उद्दघाटन खेलमा बेलुका ८:१५ बजे चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् । पाँच पटकको विजेता चेन्नाईको कप्तानीबाट महेन्द्र सिंह धोनी हट्दै जिम्मेवारी रुतुराज गाइक्वाडलाई दिएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा चेन्नाईले धोनी यसपटक […]