default_image

Featured

April 6, 2024

बायर्न म्युनिखको हारसँगै अपराजित लेभरकुसन उपाधिनजिक

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले हार बेहोर्दा बायर लेभरकुसन आफ्नो अपराजित यात्रा कायम राख्दै जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ । शनिबार बायर्न म्युनिखले हाइडेनहाइमको मैदानमा २-० को अग्रता लिनका बाबजुद ३-२ को हार बेहोरेको हो । यता लेभरकुसनले भने युनियन बर्लिनको मैदानमा १-० को जित दर्ता गर्दै लिगमा अपराजित यात्रा कायम राख्यो । […]

April 6, 2024

मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर (हाम्रो खेलकुद) – ए डिभिजन टोली मछिन्द्र क्लबले आठांै विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० ले हराउँदै मच्छिन्द्र पहिलो पटक विराट गोल्डकप च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा मछिन्द्र २ गोल गर्न […]

April 6, 2024

भरतपुरलाई कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै हानामी भरतपुर फुटबल क्लबले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको छ । कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार भएको फाइनलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा भरतपुरले जित हासिल गरेको हो । उपाधिसँगै विजेता टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पायो । […]

April 6, 2024

मञ्जुश्री ट्रेल रेस – अर्जुनलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको‌ उपाधि अर्जुन कुलुङ‌ राईले जितेका छन् । विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै कीर्तिमान तोड्दै अर्जुन विजेता बनेका हन् । उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जितेका हुन् । मञ्जुश्री ट्रेल रेसका […]

April 6, 2024

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले क्रिस्टल प्यालेस माथि ४-२ को सानदार जित हात पारेको हो । खेलमा सुरुवाती अग्रता भने प्यालेसले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै एडम ह्वारटनको पासमा जिन-फिलिप मटेटाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । तर त्यसपछि […]

April 6, 2024

तीर्थले जिते लुम्बिनी पिस म्याराथन

लुम्बिनी (हाम्रो खेलकुद)- तीर्थ पुनले शनिबार लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । रुपन्देहीको लुम्बिनीमा भएको म्याराथनमा‌ तीर्थले दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । खड्ग बहादुर खड्का २ घण्टा २० मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । दुर्गा बहादुर बुढा तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा […]

April 6, 2024

अल हिलाल र अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगका शीर्ष दुई टोली अल हिलाल र अल नासर विजयी भएका छन्। शीर्ष स्थानको अल हिलालले अल खालिजलाई ४-१ ले पराजित गरेको‌ छ । क्रिस्टियानो रोनाल्डो सम्मानित दोस्रो स्थानको अल नासरले शुक्रबार अर्को खेलमा दमाक एफसीलाई हराएको थियो। एमकिर लापोर्टले इन्जुरी सयमको पहिलो मिनेटमा गरेको गोलमा अल नासर विजयी भऐको थियो […]

April 5, 2024

हैदरवादले चेन्नईलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । हैदरावादमा भएको खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदरावादले १९ औं ओभरको पहिलो बलमा पूरा गर्यो । हैदरावादले दोस्रो जित दर्ता […]

April 5, 2024

राखेपलाई एन्फाको जवाफ – ‘मित्रराष्ट्रको खर्चमा अफिसियल पठायौं’

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको खेल र त्यसअघि भएको मलेसिया भ्रमणमा अतिरिक्त पदाधिकारी विना स्वीकृति पठाएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई लिखित जवाफ फर्काएको छ । राखेपले स्वीकृति नलिई एन्फाले यसै महिना मलेसियामा १० अतिरिक्त पदाधिकारी तथा बहराइनमा भएको विश्वकप छनोटको खेलका लागि थप ८ पदाधिकारीलाई पठाएको […]

April 5, 2024

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जितेका खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई सम्मान गरेको हो । नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका थिए । गुणराज रुचालले […]

Success

Thank you for your time.