April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)– लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, […]
April 11, 2024
एजेन्सी – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड विजयी भएको छ। एट्लेटिकोले बुधबार भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-१ ले पराजित गरेको हो।एट्लेटिकोले घरेलु मैदानमा चौथो मिनेटमा नै अग्रता लिएको थियो। रोड्रिगो डि पौलको गोलमा एट्लेटिको अघि लागेलए थियो। ३२ औं मिनेटमा सामुइल लिनोले गोल गरेपछि एट्लेटिको पहिलो हाफमै २-० […]
April 11, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ । पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार भएको खेलमा बार्सिलोनाले ३-२ को जित हासिल गरेको हो । खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको क्रस पिएसजी गोलरक्षक जियानलुइजी डोन्नारुमाले […]
April 11, 2024
एजेन्सी – गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पहिलो हार चखाएको छ । गुजरातले बुधबार भएको खेलमा राजस्थान माथि ३ विकेटको जित दर्ता गरेको हो । राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा दुवै गोल उज्वल राईले गरेका थिए । आयोजक टोलीका लागि मोहित गुरुङले पेनाल्टीमा […]
April 10, 2024
गोरखा (हाम्रो खेलकुद)– तीन वटा पालिका प्रथम गोखरा अन्तरपालिका स्तरीय महिला र पुरुष दुवैतर्फको सेमिफाइनलमा पुगेको छ । गोरखा जिल्ला भलिबल संघले आयोजना प्रतियोगितामा सहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका र बारपा सुलिकोट गाउँपालिका दुवैतर्फको सेमिफाइनलमा पुगेका छन् । महिलातर्फ सेमिफाइनल पुग्ने अर्को टोलीमा पालुङटार नगरपालिका छ । अजिरकोट गाउँपालिका पुरुषतर्फ सेमिफाइनल पुग्ने अर्को पालिका […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमीले जारी सहिद स्मारक सि डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आरसी ३२ ले बुधबार भएको एकमात्र खेलमा बागमती युथ क्लब माथि ३-० को सहज जित दर्ता गरेको हो । आरसी ३२ का लागि विवेक सन्तोषीले दुई गोल तथा बबिन बोहोराले एक-एक गोल गरे । […]
April 10, 2024
चितवन (हाम्रो खेलकुद) – लुम्बिनी र कर्णाली प्रदेश प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो । अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ […]
April 10, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ । पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो […]
April 10, 2024
काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]