April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले शुक्रबार मलेसियाविरुद्ध खेल्दै यस संस्करणमा उपाधि रक्षाको यात्रा सुरु गर्दैछ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ । यसपटक टि२० फर्म्याटमा हुने प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप […]
April 11, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेटायो । […]
April 11, 2024
सुनिल गाउँले,सिमरासिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल बिहीबार तीव्र हावाका कारण स्थगित भएको छ । सिमरा रंगशालामा एपिएफ फुटबल क्लब र फ्रेण्डस क्लबबीचको खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन् । खेल रोकिँदा गोलरहित बराबरी थियो। ५८ औं मिनटपछि रेफ्रि […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १ सय ९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । सागरले स्न्याचमा १ सय ३४ केजी, क्लिन एन्ड जर्कमा १ सय ७२ केजी […]
April 11, 2024
भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दुवै खेल बराबरीमा सकिएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा खालिबारि युथ क्लब र महावीर क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरी सँगै खालीबारिले दोस्रो खेलमा पहिलो अंक हासिल गरेको छ । महावीरको भने यो दुई खेलमा दोस्रो बराबरी हो […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सात प्रदेशका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । वैशाखको ४ गते देखि ६ गते सम्म हुने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने त्रिपुरेश्वरस्थित राखेपमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बिहीबार पनि सद्भाव आचार्य आफ्नो उमेर समूहको शीर्षस्थानमा कायम रहेका छन् । सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ–आफ्नो उमेर समुहमा शीर्षस्थानमा छन् । नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा जारी च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टोलीका सदस्य […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)– लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, […]
April 11, 2024
एजेन्सी – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड विजयी भएको छ। एट्लेटिकोले बुधबार भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-१ ले पराजित गरेको हो।एट्लेटिकोले घरेलु मैदानमा चौथो मिनेटमा नै अग्रता लिएको थियो। रोड्रिगो डि पौलको गोलमा एट्लेटिको अघि लागेलए थियो। ३२ औं मिनेटमा सामुइल लिनोले गोल गरेपछि एट्लेटिको पहिलो हाफमै २-० […]