April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले आज दोस्रो खेलमा कतारको सामना गर्दैछ । शुक्रबार भएको खेलमा मलेसियाविरुद्ध जित हासिल गर्दै उपाधि रक्षाका सुखद सुरुवात गरेको नेपालले आज कतारको सामना गर्नेछ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ । हिजो भएको खेलमा […]
April 13, 2024
गोरखा (हाम्रो खेलकुद)– बारपाक सुलिकोट गाउँपालिकाले महिला र सहिद लखन गाउँपालिकाले पुरुषतर्फ प्रथम गोरखा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । महिलामा बारपाकले सहिदलखनलाई र पुरुषमा सहिद लखनले भिमसेन थापा गाउँपालिकालाई समान ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । शुक्रबार भएको फाइनलमा बारपाकले सहिद लखनलाई २५–१०,२५–१०,२५–१७ ले हराएको हो । पुरुषको […]
April 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ४ योद्धा फुटबल एकेडेमी सन्चालनमा आएको छ। नयाँ वर्षको पहिलो दिन शनिबार एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको हो। त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी युद्ध शाहीको पारिवारिक लगानीमा एकेडेमी स्थापना भएको हो । सोही एकेडेमीमा हालै भएको प्रदेशको यु १३ को छनोट भएको छ। एकेडेमीमा हाल २५ […]
April 13, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ। जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेल […]
April 12, 2024
भरतपुर (हाम्रो खेलकुद) – प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताको भलिबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि जितेको छ । पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिम तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई सीधा सेटमा २५–२१, २५–१२, र २५–८ ले हरायो । लुम्बिनी […]
April 12, 2024
सुनिल गाउँले, सिमरा मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ । मच्छिन्द्रको जितमा विमल घर्ती मगर […]
April 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई सम्मान गरेको छ ।संघले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डका क्रममा सम्पादक तिमल्सिनालाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एनभिएका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठले तिमल्सिनालाई सम्मान गरेका हुन् । सम्मान पत्रसहित तिमल्सिनालाई ५० हजार रुपैयाँ […]
April 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डमा पुलिसको वर्चश्व रह्यो।संघले आयोजना गरेको एनभिए अवार्डमा सर्वोत्कृष्ट अवार्डमा पुलिस क्लबका उषा र रविन समान ५० हजार रुपैयाँ प्राप्त गरे। वर्ष उदियमान खेलाडी अवार्ड महिलातर्फ न्यु […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत समूह ए को खेलमा हंगकंग विजयी भएको छ । हंगकंगले कतार माथि २६ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो । हंगकंगले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । कतारका लागि सक्लेन अरशदले ३४ बलमा […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि संघर्षपूर्ण जित हात पारेको छ । नेपालले मलेसिया माथि पाँच विकेटको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालले सुरुवात सुस्त रहेकाले इनिङको दोस्रो भागमा जित तर्फ उन्मुख […]