default_image

Featured

October 27, 2024

जीवनदानसँगै अनिलको अर्धशतक पूरा

डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साहले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ५१ बलमा अर्धशतक प्रहार गरेका हुन् । अनिल ५४ बलमा ५ चौकासहित ५१ तथा कुशल भुर्तेल १३ बलमा ५ रनमा क्रिजमा छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो […]

October 27, 2024

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

डालस (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा आइतवार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ६३ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ३३ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा […]

October 27, 2024

भारतलाई हराउँदै नेपाल फाइनलमा

सुबास हुमागाईं, काठमाडौं नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना […]

October 27, 2024

नेपाल र भारत पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो […]

October 27, 2024

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाली टोलीको पहिलो रोजाईमा १ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको‌ छ। श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, […]

October 27, 2024

लिग-२ : बिग्रेको विगतलाई बिर्सेर सुन्दर भविष्य बनाउन उत्कृष्ट प्रदर्शन आवश्यक

डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको […]

October 27, 2024

सन्तोषको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमवार भएको खेलमा लुम्बिनी प्रदेशले ७५ रनको जित हात पार्यो । लुम्बिनीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोशीले २४.२ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाउन सक्यो । कोशीका लागि सोनु […]

October 27, 2024

बंगलादेश फराकिलो जितसँगै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]

October 27, 2024

पहिलो हाफमै बंगलादेशको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ । बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् । खेलको […]

October 27, 2024

नेपाललाई फेरि पनि भारतलाई हराउने चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल, सर्वाधिक सफल भारत र साविक विजेता बंगालादेशलाई महिला साफ च्याम्पियनसिप मुख्य दाबेदारका रुपमा हेरिएको छ। नेपाललाई समूह चरणमा गोलरहित बराबरीमा रोक्दै भुटानले पनि बिस्तारै आफ्नो उपस्थितिलाई औपचारिकता भन्दा पनि चुनौती दिन सक्षम टोलीका रुपमा आफ्नो प्रस्तुत गरेको छ। नेपालसँग बराबरी खेलेपछि उत्साहित भुटानले त्यसपछिको खेलमा श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई […]

Success

Thank you for your time.