May 10, 2024
एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]
May 10, 2024
एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]
May 9, 2024
सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ । गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए । […]
May 9, 2024
एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका […]
May 8, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो । हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]