May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ । ह्युस्टन हुरीकेन्स विरुद्ध प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ । खेल हाम्रो खेलकुद मार्फत प्रतक्ष्य प्रसारण समेत हुनेछ । नेपाली टोली आउँदो टि-२० […]
May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – बंगलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टि ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै शृंखला कब्जा गरेको हो । अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै […]
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स्ड मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँट शनिबार अष्ट्रेलियन प्रतिद्वन्द्वी कोरी सटक्लिफ विरुद्ध भिड्ने भएका छन्। काठमाडौंको ठमेल स्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुन लागेको तेस्रो नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी ) को मुख्य बाउटमा रविन्द्र र कोरी भिड्न लागेका हुन् । रविन्द्रको पछिल्लो २ बाउट वान च्याम्पियनसिपमा रहेको थियो […]
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २८ जनालाई समेट्दै बुधबार नेपाली टोली घोषणा गरेको हो । ललितपुर मेयर्स कप खेलेका कोशी प्रदेशका बलर एलिसा खडिया, बागमती प्रदेशकी हेलिसा गुरुङ, सुदूरपश्चिमकी सावित्री धामी, एपीएफकी राजमती ऐरी पहिलो पटक राष्ट्रिय […]
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेलाई टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ।युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन […]
May 23, 2024
नवलपुर (हाम्रो खेलकुद)- नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रममा मध्यविन्दु नगर पालिकाले सहकार्य गरेको हो । नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्यापनरत २ सय भन्दा बढि विद्यार्थी र ओलम्पियन बीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका […]
May 23, 2024
एजेन्सी – यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ । डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र […]
May 22, 2024
एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो । जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । […]
May 22, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको साथी बाल्टिमोर नामक नाफारहित संगठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि एक अभियान सुरु गरेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्विकार गरेपछि साथी बाल्टिमोरले दवाब दिने अभियान सुरु गरेको हो । साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब […]
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् । काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका […]