default_image

Featured

June 7, 2024

गण्डकी र हेल्प नेपाल लिगको फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)–गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा खेल्ने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै गण्डकी शीर्षस्थान र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा […]

June 7, 2024

साम्बा कृषि विकास बैंकको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । साम्बासँगको सम्झौता काठमाडौंमा शुक्रवार एक कार्यक्रमका बीच घोषणा भएको हो । बैंकले शुक्रबार काठमाडौंमा साम्बा सँग सम्झौता हस्ताक्षर समारोहको आयोजना गरेको थियो । सम्झौता पत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका उप-महाप्रबन्धक यज्ञ […]

June 7, 2024

राजन र सिन्दिरा नेपाल च्याम्पियन 

काठमाडौं (हाम्रो खेलकुद)- झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे।  उनले ७ जित, २ बराबरी […]

June 7, 2024

स्कटल्यान्डले नामिबियालाई हरायो

एजेन्सी – स्कटल्यान्डले आइसीसी टि२० विश्वकपको समूह चरणमा बिहीबार नामिबियालाई ५ विकेटले हराएको छ । ब्रिजटाउनमा १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै जित निकालेको हो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन बनाए । […]

June 7, 2024

पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित

डालास (हाम्रो खेलकुद)- सह आयोजक अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन […]

June 6, 2024

विश्वकप छनोटको पाँचौं खेलमा पनि नेपाल गोलविहिन

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ को एसियाली छनोटका ५ खेलमा नेपाल गोलविहिन भएको छ । साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा युएई विरुद्ध ४-० ले पराजित भएसँगै नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ । पहिलो केही मिनेटमा रक्षापंक्तिमा संयमित […]

June 6, 2024

नेपालविरुद्ध युएईको पहिलो हाफमा दुई गोल

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबको दम्माम शहर स्थित जारी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा युएईले पहिलो हाफमा दुई गोल प्रहार गरेको छ । नेपालले पहिलो हाफमा नै दुई गोल खान पुगेको हो । पहिलो केही मिनेटमा रक्षापंक्तिमा संयमित रहेको नेपालले दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । हरिब अलमुसार्रक ले नै दुवै गोल […]

June 6, 2024

आर्मीका बसन्तलाई डेब्यु दिँदै नेपालको सुरुवाती-११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका डिफेन्डर बसन्त जिम् बाकाई डेब्यु दिँदै नेपालको युएई विरुद्ध उत्रिने सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले बसन्तलाई डेब्यु दिँदै सुरुवाती ११ घोषणा गरेका हुन् । टोलीमा अटाएका आर्मीका ५ मध्य ३ खेलाडी; सुरुवाती रोजाइमा छन् । आर्मीका जिलेस्पी जंग कार्की, भरत खवास र बसन्त […]

June 6, 2024

हेल्प नेपालसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई […]

June 6, 2024

नेपाल र युएईको विश्वकप छनोट खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज युएईको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य […]

Success

Thank you for your time.