default_image

Featured

June 13, 2024

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले […]

June 13, 2024

वर्षाका कारण क्रिकेट टोली फ्लोरिडामै रोकियो

फ्लोरिडा (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ। फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली‌ टोलीको‌ उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका […]

June 12, 2024

महिला एशिया कपको दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका […]

June 12, 2024

यु-२० साफ: उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको तालिकामा नेपालले उद्दघाटन खेलमा श्रीलंका विरुद्ध खेल्ने भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा […]

June 12, 2024

बागमतीलाई सि डिभिजन लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले सहिद स्मारक सि डिभिजन लिग उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध गोलरहित बराबरी सँगै बागमतीको उपाधि पक्का भएको हो । लिगको अन्तिम दिनमा बागमती र आरसी ३२ फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । तर आरसी ३२ ले उपाधि […]

June 12, 2024

सि डिभिजनको उपाधि छिनोफानो आज

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगको उपाधि जित्ने टोलीको टुंगो आज लाग्दै छ । लिग सिजनको अन्तिम दिन आज बागमती युथ क्लब र आरसी ३२ फुटबल एकेडेमी मध्य एक टोलीले उपाधि जित्ने पक्का हुने छ । आज दिनको ३ बजे दुवै उपाधि दावेदार टोली मैदान उत्रिने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बागमतीले […]

June 12, 2024

‘श्रीलंकाविरुद्ध खेलेर अंक जोड्न चाहन्थ्यौं’ – प्रशिक्षक देशाइ

फ्लोरिडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन् । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने […]

June 12, 2024

अष्ट्रेलिया सुपर ८ मा प्रवेश

एजेन्सी – उपाधि दावेदार अष्ट्रेलिया आइसीसी टि२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नामिबियामाथि ९ विकेटको एकपक्षीय जित निकाल्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । नामिबियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले छैटौं ओभरमा पूरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ […]

June 12, 2024

नेपाल र श्रीलंकाले अंक बाँडे

फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडे । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७:३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । […]

June 12, 2024

वर्षा रोकियो, टसमा ढिलाई हुने

फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । वर्षाका कारण खेलको टस निर्धारित समयमा हुन सकेको छैन । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा दुवै टोली मैदान आइपुगेका छन् । तर वर्षाका कारण मैदान भिजेको र टस हुन सकेको छैन । अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम […]

Success

Thank you for your time.