June 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण तयार पारिदिन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार उनको कार्यकक्षमा भेटका अवसरमा किरणले यस्तो आग्रह गरेका हुन्। मैदानको अवस्था ठीक नभएकोलगायतको प्रश्न उठाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले दरशथ रंगशालामा अन्तराष्ट्रिय […]
June 18, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डो इतिहासमा ६ वटा युरो कप खेल्ने हुने पहिलो खेलाडी बन्ने भएका छन् । रोनाल्डोले आज राति चेक रिपब्लिक विरुद्ध पोर्चुगलको युरोको पहिलो खेल खेलेमा युरोको ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाउनेछन् । उनले देशका लागि हालसम्म २ सय ८ खेलमा कीर्तिमान १ सय ३० गोल गरेका छन्। रोनाल्डोले […]
June 18, 2024
काठमाडौ (हाम्रो खेलकुद)- सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्। दिनेशले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६-अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे। डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर […]
June 18, 2024
एजेन्सी – कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा दाबेदार मध्येको एक फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ। जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई […]
June 18, 2024
सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरे । उनी ५३ खेलमा १ सय विकेट लिएका […]
June 18, 2024
एजेन्सी – तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गर्यो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी […]
June 17, 2024
एजेन्सी – उपाधि दावेदार मध्यको एक बेल्जियम युरो कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा स्लोभाकिया विरुद्ध स्तब्ध हुन पुगेको छ । समूह ई अन्तर्गत भएको खेल्न बेल्जियमले १-० को हार बेहोरेको हो । स्लोभाकियाको एकमात्र गोल खेलको सातौं मिनेटमा आएको थियो । रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियम गोलरक्षक कोएन कासटिल्सले बचाएपछि ईभान स्क्ररान्जले सहज गोल […]
June 17, 2024
सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ। विश्व कप […]
June 17, 2024
एजेन्सी – रोमानियाले युरो कप २०२४ मा सानदार जित सहित सुरुवात गरेको छ । म्युनिखमा भएको समूह ई अन्तर्गतको पहिलो खेलमा रोमानियाले युक्रेन माथि ३-० को उत्कृष्ट जित दर्ता गरेको हो । रोमानियाको पहिलो गोल खेलको २९औं मिनेटमा आएको थियो । डेनिस मानको पासमा बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै निकोलाए स्टान्चियुले अग्रता दिलाएका थिए । […]
June 17, 2024
एजेन्सी – जर्मनीमा जारी युरोकप २०२४ मा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ। समूह डीमा फ्रान्स र अस्ट्रियाबीचको खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजे सुरु हुनेछ। दुवैको यो पहिलो खेल हो। यो समूहमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ ले हराएको थियो। समूह ‘इ’मा बेल्जियमले स्लोभाकियाको खेल आज राति ९:४५ बजेबाट सुरु हुनेछ। यो समूहमा रोमाननिया र युक्रेनको खेल साँझ […]