June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका अल राउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछानेले एकै टोलीबाट फ्रान्चाइज लिग क्रिकेट खेल्ने भएका छन् । क्यानडियन लिग ग्लोबल टि-२० को ड्राफ्टमा सन्दिप र दीपेन्द्र भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए । […]
June 22, 2024
एजेन्सी – रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो । पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को […]
June 22, 2024
एजेन्सी – नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो। लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको […]
June 21, 2024
एजेन्सी – युरो २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकिया विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । डसेलडोर्फमा भएको समूह ई अन्तर्गतको खेलमा युक्रेनले २-१ को जित हार पारेको हो । १७औं मिनेटमा इभान स्क्रान्जलिए लुकास हरासलिनको क्रसमा हेडर मार्फत गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा युक्रेनका लागि माईकोला शापारेन्कोले बराबरी गोल […]
June 21, 2024
काठमाडौ (हाम्रो खेलकुद)- सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । भुवन नगरकोटी र निरज तामाङलाई शुक्रबार २ स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका हुन्। आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६-अन्डर २ सय ७२ […]
June 21, 2024
काठमाडौँ (हाम्रोखेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई आइएलटी२० टोली गल्फ जायन्ट्सले आगामी सिजनका लागि निरन्तरता दिएको छ । गत सिजन अन्तिम केही खेलमा टिममा रहेका स्टार अलराउन्डर दीपेन्द्रलाई यस पटक पूर्ण सिजनका लागि राखिएको शुक्रवार घोषणा भएको हो । दीपेन्द्रले फेब्रुअरीमा युएई गएका थिए र नामिबियासँगको लिग-२ को पहिलो खेल गुमाएका थिए […]
June 21, 2024
सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]
June 21, 2024
एजेन्सी – आइसिसी टि-२० विश्वकप अन्तर्गत सुपर एट को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेश माथि जित हात पारेको छ । एन्टिग्वामा वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले डकवर्थ-लुइस पद्धति अनुसार २८ रनको जित हार पारेको थियो । बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ११.२ ओभरमा २ विकेटको क्षतिमा १०० रनको अवस्थामा हुँदा खेल वर्षाका कारण […]
June 21, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । […]
June 21, 2024
एजेन्सी – इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १-० को जित निकालेको हो । स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर […]