default_image

Featured

June 26, 2024

राष्ट्रिय हक्कीमा सेमिफाइनल समीकरण पूरा

पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता र गण्डकी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीले […]

June 26, 2024

फ्रान्स पोल्याण्डसँग इनबराबरीमा रोकियो

एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट […]

June 26, 2024

फ्रान्स र नेदरल्याण्ड्स रहेको समूहमा अष्ट्रिया विजेता

एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । ३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । […]

June 25, 2024

महिला एसिया कप – उद्घाटन खेलमा नेपाल र युएई भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो […]

June 25, 2024

अर्जेन्टिना चिली विरुद्ध खेल्दै

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को दोस्रो खेलमा चिली विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे न्यू जर्सीमा सुरु हुनेछ । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडा विरुद्ध २-० को जित हात पारेको थियो । पहिलो खेलमा अर्जेन्टिना खेलमा हावि भएपनि सोचेअनुरूप प्रदर्शन भने रहेको थिएन । अर्जेन्टिनाले थुप्रै अवसरहरू […]

June 25, 2024

नाचो र जोसेलुले रियल म्याड्रिड छाड्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस र फरवार्ड जोसेलु माटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । उनी साउदी प्रो लिग क्लब अल कादासियामा सामेल हुने सम्भावना रहेको छ । […]

June 25, 2024

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो । अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो । समूह १ मा भारत […]

June 25, 2024

ब्राजिल र कोस्टारिकाको बराबरी

एजेन्सी – उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको […]

June 25, 2024

इटाली नाटकीय ढंगले युरो कपको अन्तिम १६मा

एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो । ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि […]

June 25, 2024

भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]

Success

Thank you for your time.