June 26, 2024
धनगढी (हाम्रो खेलकुद) – क्रिकेटर दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० मा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको स्पोर्टस अवार्डको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटर दीपेन्द्र र कबड्डीकी जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । […]
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का लागि नेपाली महिला टोली घोषणा भएको छ । श्रीलंकाको दाम्बुल्लामा हुने एसिया कपका लागि १५ सदस्सिय टोली घोषणा भएको हो । बन्द प्रशिक्षणमा रहेका २० मध्य ५ खेलाडीलाई बाहिर भएका छन् । बाहिर हुनेमा तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि […]
June 26, 2024
काठमाडौ (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद(राखेप ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग जानकारी लिएका छन्। यसपटकको ओलम्पिकमा ७ नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ। ओलम्पिकको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ,एनओसीका उपाध्यक्ष […]
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् । टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश […]
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनको विरुद्ध खेल्ने भएको छ । आयोजक लेबनान फुटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल जोर्डन विरुद्ध हुने भएको हो । नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल […]
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ। मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी(एनओसी) ले जनाएको छ। मनिता १२ औं दक्षिण एसियाली खेलकुद ( साग) की रजत विजेता विजेता खेलाडी हुन्। उनले ५७ केजीमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली […]
June 26, 2024
एजेन्सी – लगातार दोस्रो खेल जित्दै अमेरिकामा जारी अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ। न्यू जर्सीको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-०ले पराजित गरेको हो। खेलको अन्त्यतिर परिवर्तित खेलाडी लाउटारो मार्टिनेजले गरेको गोल खेलको निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा मार्टिनेजले […]
June 26, 2024
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ । जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा अघि बढेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम […]
June 26, 2024
पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता र गण्डकी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीले […]
June 26, 2024
एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट […]