default_image

Featured

June 29, 2024

टि ट्वान्टी विश्व कप फाइनल- भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ। बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्। दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

June 28, 2024

साविक विजेता विएफसीको सुखद सुरुवात

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (विएफसी) ले विजयी सुरुवात गरेको छ । भरतपुर ७ कृष्णपुर मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै विएफसीले विजयी सुरुवात गरेको हो । सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे । खेलको […]

June 28, 2024

बागलुङमा स्कुल टु ओलम्पिक कार्यक्रम

बागलुङ (हाम्रो खेलकुद)- विद्यार्थीहरुलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले बागलुङमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना र बागलुङ नगरपालिकाको सहकार्यमा ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहित स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले हरेक क्षेत्रमा सफल हुन मिहिनेत आवश्यक रहेको भन्दै […]

June 28, 2024

नेपालले फोर नेसन्स कप नखेल्ने !

काठमाडौ (हाम्रो खेलकुद)- नेपाली‌ राष्ट्रिय महिला फुटबल टोलीले यसै महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने लगभग निश्चित भएको छ। लेबनान फुटबल संघले प्रतियोगिताको तालिका गरिसकेको भए‌पनि लेबनानमा असुरक्षित रहेको भन्दै टोलीलाई नपठाउनेमा तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको बुझिएको छ। ‘बंगलादेशले भाग नलिने भन्ने सुचना प्राप्त भएको छ ।हामीले पनि यो विषय […]

June 28, 2024

खेलकुद मन्त्री श्रेष्ठ कोरिया प्रस्थान

काठमाडौ (हाम्रो खेलकुद)- कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दुतावासद्वारा आयोजित लगानी समिटमा सहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पुर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको […]

June 28, 2024

रियल म्याड्रिड कप्तान नाचो साउदी लिगमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । नाचो भर्खरै साउदी शीर्ष डिभिजनमा बढवा भएको टोलीमा अनुबन्धित भएका हुन् ।   सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । ३४ वर्षीय नाँचो […]

June 28, 2024

उरुग्वे र पानामाको जित

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह सि अन्तर्गतका खेलमा उरुग्वे र पानामा विजयी भएका छन् । उरुग्वेले बोलिभिया र पानामाले अमेरिका माथि जित हात पारेका हुन् । न्यू जर्सीमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । यसपटक मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वे दावेदारको रुपमा उभिएको छ […]

June 28, 2024

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ […]

Success

Thank you for your time.