default_image

Featured

July 10, 2024

मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो

एजेन्सी – अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । क्यानडा विरुद्ध बुधवार बिहान भएको कोपा अमेरिकाको सेमिफाइनलमा गोल गर्दै उनी सो तालिकाको दोस्रो स्थानमा उक्लिएका हुन् । सो गोल मेस्सीको १०९औं अन्तराष्ट्रिय गोल रहेको थियो । सो गोल गर्दै मेस्सीले इरानका अली डेईले राखेको १०८ […]

July 10, 2024

दोस्रो अभ्यास खेलमा पनि नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो […]

July 10, 2024

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे । जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई […]

July 10, 2024

स्पेन युरोको फाइनलमा

एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो । नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै […]

July 9, 2024

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्दै

एजेन्सी – कोपा अमेरिका २०२४ को फाइनल पुग्ने पहिलो लक्ष्यका साथ साविक विजेता अर्जेन्टिना र क्यानडा भिड्दै छन् । खेल नेपाली समय अनुसार बुधबार बिहान ५:४५ बजे न्यूजर्सी स्थित मेटलाईफ स्टेडियममा सुरु हुनेछ । यी दुई टोली समूह चरणको पहिलो खेलमा खेलिसकेका छन् । सो खेल अर्जेन्टिनाले २-० ले जितेको थियो । दक्षिण र उत्तर […]

July 9, 2024

झापालाई प्रदेशस्तरीय महिला फुटबलको उपाधि

हिमाल खरेल,बिर्तामोड झापाले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । भोजपुरको महिला टिमलाई मंगलबार १-० ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो । झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औं मिनेटमा गोल खेलको बनेको थियो । फाइनल खेलको प्लेयर अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले २ हजार रुपैयाँ […]

July 9, 2024

गम्भीर भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक

एजेन्सी – पूर्वओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। गम्भीर सन् २००७ मा टि ट्वान्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईं) का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक […]

July 9, 2024

चितवन जिल्ला लिगमा माडीको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले जित हासिल गरेको छ । लिगमा मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३-० ले हराउँदै माडीले ३ अंंक जोडेको हो । अर्को खेल भने बराबरीमा टुंगिएको छ । माडीको जितमा सन्देश महतोले २ तथा आशिष भुजेलले १ गोल गरे । […]

July 9, 2024

ललित स्मृति यु-१८ लिग -एनआरटी र चर्च ब्वाइजबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने एन्फा यु-१८ लिग एन्फाका पूर्व कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको नाममा सञ्चालन हुने भएको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत घोषणा गर्दै एन्फाले एन्फा यु-१८ लिगको नाम आधिकारिक रूपमा ‘ललित स्मृति यु-१८ लिग’ बनाएको हो । एन्फाका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको सम्झनामा एन्फाले सन् २०१९ मा ललित […]

July 9, 2024

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलंका विकास टोली विरुद्ध डकवर्थ लुइस स्टर्न पद्धति अनुसार ३३ रनले पराजित भएको हो । वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै ९ विकेट गुमाएर […]

Success

Thank you for your time.