default_image

Featured

July 12, 2024

वर्षाका कारण चितवन जिल्ला लिग स्थगित

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सुचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो । अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको […]

July 12, 2024

दसौं राष्ट्रिय खेलकुदमा ३५ खेल‌ प्रस्तावित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । […]

July 12, 2024

रोहित एक सिजन इन्डोनेसियामै खेल्ने 

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन लिगा वान टोली पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् । सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन लिग […]

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ । फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा […]

July 11, 2024

अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षा गर्नका लागि फाइनलमा कोलम्बिया विरुद्ध खेल्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वे माथि १-० को जित निकालेसँगै अर्जेन्टिनाको फाइनल प्रतिद्वन्दी टुंगो लागेको हो । कोलम्बियाका लागि ३९औं मिनेटमा जेफर्सन लर्माले प्रहार गरेको हेडर नै पर्याप्त बन्यो । पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले […]

July 11, 2024

इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो फाइनलमा

एजेन्सी – अन्तिम समयमा गोल गरेर नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो । जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल […]

July 11, 2024

चितवन लिगमा जि ब्वाइज र सौराहा विजयी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल बुधबार आई स्टडी जि ब्वाइज र सौराहा युवा समाज विजयी भएका छन् । पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्‍यो । टोलीलाई जित दिलाउन प्रयास तामाङ र निशान्त परियारले गोल गरे । खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि […]

July 10, 2024

आर्मीले यस वर्षपनि डुरान्ड कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कप खेल्ने भएको छ । आर्मीले यस वर्ष प्रतियोगिताको १३३औं संस्करणमा आमन्त्रित टोलीका रूपमा खेल्ने भएको हो । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति कार्यालयमा भएको डुरान्ड कप अनावरण कार्यक्रम पश्चात आर्मीको सहभागिता सार्वजनिक भएको थियो । आर्मी समूह एफ मा इंडियन […]

July 10, 2024

इङ्ल्यान्ड र नेदरल्याण्ड्स स्पेनविरुद्ध खेल्ने आकांक्षा सहित भिड्दै

एजेन्सी – स्पेन विरुद्ध युरो कप २०२४ को उपाधिका लागि भिड्ने आकांक्षा सहित आज इङ्ल्यान्ड र नेदरल्याण्ड्स दोस्रो सेमिफाइनलमा भिड्दै छन् । खेल राती १२:४५ बजे डर्टमुण्डमा सुरु हुनेछ । दुवै टोलीले यस संस्करणमा आ-आफ्नै समस्या सहित गुज्रिएका छन् । नेदरल्याण्ड्स समूह सि मा तेस्रो हुँदै अन्तिम १६ मा पुगेको थियो । उता इङ्ल्यान्ड भने […]

July 10, 2024

मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो

एजेन्सी – अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । क्यानडा विरुद्ध बुधवार बिहान भएको कोपा अमेरिकाको सेमिफाइनलमा गोल गर्दै उनी सो तालिकाको दोस्रो स्थानमा उक्लिएका हुन् । सो गोल मेस्सीको १०९औं अन्तराष्ट्रिय गोल रहेको थियो । सो गोल गर्दै मेस्सीले इरानका अली डेईले राखेको १०८ […]

Success

Thank you for your time.