July 14, 2024
एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो । उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो । उरुग्वेका लागि […]
July 14, 2024
विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनलले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ । युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा […]
July 13, 2024
सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]
July 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]
July 13, 2024
एजेन्सी – लगातार तेस्रो खेलमा सफलता निकालेको भारतीय क्रिकेट टोलीले जिम्बाब्वे विरुद्धको टि-ट्वान्टी श्रृंखला एक खेल अगावै जितेको छ । पहिलो खेलमा हार बेहोरेको भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो । हरारेमा शनिबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य भारतले […]
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ओपनर ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन्। इलाइटले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आसिफसँग आफ्नो सद्भावना दुतको रुपमा सम्झौता गरेको हो । आसिफले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुसी व्यक्त गरे। उनले खेलाडीको मनोबल बढाउनको लागि इलाइटले चालेको कदम प्रति आभारी रहेको […]
July 12, 2024
एजेन्सी – टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रा बलर जेम्स एन्डरसनको बिदाइ खेलका रुपमा रहेको वेस्ट इन्डिज विरुद्धको टेस्ट इङ्ल्यान्डले एक इनिङ १ सय १४ रनको जित निकालेको छ । दोस्रो इनिङमा वेस्ट इण्डिज १ सय ३६ रनमा अल आउट भएपछि इल्यान्डले शुक्रबार फराकिलो जित हासिल गरेको थियो। पहिलो इनिङमा वेस्ट इन्डिजले १ सय २१ […]
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]
July 12, 2024
सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सुचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो । अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको […]
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । […]