default_image

Featured

July 15, 2024

स्पेनलाई युरो कप उपाधि

एजेन्सी – स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे […]

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 14, 2024

‘मिसन २०२६ राखेपको मुख्य कार्यक्रम हो’

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् । राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार […]

July 14, 2024

अल्काराजलाई लगातार दोस्रो विम्बल्डन उपाधि

एजेन्सी – स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक ग्रान्ड स्लाम विम्बल्डन उपाधि जितेका छन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्काराजले आइतबार नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । अल्काराजले ६-२, ६-२ र ७-६ (७-४) ले जोकोभिचलाई हराए । जोकोभिचले अन्तिम सेटमा ३ च्याम्पियनसिप अंक बचाएका थिए । तर अन्त्यमा टाईब्रेकरमा उनी […]

July 14, 2024

कोपा अमेरिका – उपाधि रक्षाका लागि अर्जेन्टिना कोलम्बियाको सामना गर्दै

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को उपाधि रक्षा गर्नका निम्ति फाइनलमा कोलम्बिया विरुद्ध भिड्दै छ । खेल नेपाली समय अनुसार सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । खेल फ्लोरिडा स्थित हार्ड रक स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिना ३ वर्षमा तेस्रो पटक फाइनल खेल्दैछ । २०२१ मा ब्राजिलमा कोपा अमेरिका उपाधि जितेको अर्जेन्टिनाले […]

July 14, 2024

सुनौलो पुस्तालाई पछ्याउँदै स्पेन उपाधिको खोजीमा

२००८ देखि २०१२ सम्म को स्पेनिश राष्ट्रिय फुटबल टोली इतिहासकै उत्कृष्ट मध्यको टोलीमी पर्ने गर्दछ । २००८ र २०१२ मा युरोपेली च्याम्पियनसिप र २०१० को विश्वकप उपाधि जितेको स्पेन सो समयमा उपाधिका लागि मात्र चर्चामा छैन । त्यस टोलीको मुख्य विशेषता रहेको थियो: सो चार वर्षको अन्तरालमा खेलेको फुटबलको ब्रान्ड । टिकी-टाका, यस नामले परिचित […]

July 14, 2024

मेस्सी अर्जेन्टिनाबाट सातौं फाइनल खेल्दै

एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो राष्ट्र अर्जेन्टिनाको सिनियर टोलीबाट सोमबार बिहान सातौं फाइनलको रुपमा कोपा अमेरिका २०२४ मा कोलम्वियासँग प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजेपछि हुनेछ । सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि […]

July 14, 2024

युरो कप फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को उपाधिका लागि आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्पेन सम्भवत यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा […]

July 14, 2024

क्यानडालाई हराउँदै उरुग्वे तेस्रो

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो । उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो । उरुग्वेका लागि […]

July 14, 2024

कप्तान केन पहिलो उपाधि जित्ने संघारमा

विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनलले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ । युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा […]

Success

Thank you for your time.