July 17, 2024
एजेन्सी – मिडफिल्डर लुका मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडको नयाँ कप्तान नियुक्त भएका छन् । क्लब सँग एक वर्ष सम्झौता नवीकरण गर्दै क्रोएसियन खेलाडी मोड्रिच क्लबको नयाँ कप्तान बनेका हुन् । गत सिजनको अन्त्यमा सकिएको सम्झौता मोड्रिचले १ वर्षका लागि नवीकरण गरेका हुन् । रियलका कप्तान नाचो क्लब छोडेर साउदी लिगमा गएसँगै कप्तानीको भूमिका खाली […]
July 17, 2024
एजेन्सी – रियल म्याड्रिडले भित्र्याउन खोजेको फ्रेन्च डिफेन्डर लेनी याेरो म्यानचेस्टर युनाइटेड जाने लगभग पक्का भएको छ । विभिन्न युरोपेली सञ्चार माध्यमका अनुसार १८ वर्षीय योरो युनाइटेड जाने भएका हुन् । रियलले योरोका लागि करिब २० मिलियन युरोको प्रस्ताव गरेको थियो । अर्कोतर्फ युनाइटेडले ५० मिलियन युरो भन्दा बढीको प्रस्ताव गर्यो जुन रियलको भन्दा निकै […]
July 17, 2024
सन्जोग चाम्लिङ राई गुगलमा ‘द ब्यूटीफुल गेम’ टाइप गरी खोज्नु भयो भने त्यसले फुटबलसँग सम्बन्धित विभिन्न लेख र चित्रतर्फ तपाईंलाई डोर्याउँछ । यही नाम गरेको फिल्म पनि नेटफ्लिक्समा पाईन्छ, जसको विषय फुटबल नै हो । फुटबललाई ‘द ब्यूटीफुल गेम’ भनेर नै विश्वभर भन्ने गरे पछि गुगलले त भन्ने नै भयो । यो बुझाईमा विश्वव्यापी सहमति […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो । खेलकुद […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लब विरुद्ध १-० को जित हात पारेको हो । मनाङ मर्स्याङ्दीका लागि विशाल चन्दले ४०औं मिनेटमा एकमात्र गोल गरे । दिनको दोस्रो खेलमा मछिन्द्रले त्रिभुवन आर्मीका क्लबलाई […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका सदस्यले कोमोरेबीले उपलब्ध गराएको पोशाक प्रयोग गर्ने भएका छन् । कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक नेपाल ओलम्पिक कमिटी (एनओसी) पोशाक हस्तान्तरण गरेको छ । सातदोबाटो स्थित एनओसी कार्यालय आयोजित कार्यक्रममा कोमोरेबीका सिइओ भ्यालेन्टाइन डेनिएलले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई पोशाक हस्तान्तरण गराएका हुन् । कोमोरेबीसँग […]
July 16, 2024
एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एमबाप्पे मंगलबार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रुपमा सार्वजनिक भएका छन् । एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल गएका हुन् । २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रियलको रंगशालामा ८० हजारभन्दा बढी समर्थक उपस्थित थिए । पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक […]
July 16, 2024
एजेन्सी – इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट जिम्मेवारीबाट अलग भएका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इङ्ल्यान्ड फुटबल एसोसिएसनले जनाएको हो । जर्मनीमा आइतबार भएको फाइनलमा इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो । […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ । तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका वुमन्स १९.५ ओभरमा सबै […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले महिला यु २० राष्ट्रिय टोलीका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । काभा यु २० महिला च्याम्पियनसिपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले युवा टोलीका खेलाडीलाई एक वर्षका लागि जनही मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमेरिकामा बस्न […]