default_image

Featured

July 30, 2024

प्रिन्सको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका न्यात एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् । लगातारको दोस्रो हारसँगै उनी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिए । जुनियर विश्व नम्बर एक खेलाडी रहिसकेका प्रिन्सले कुनै पनि […]

July 29, 2024

जापानी स्टार होन्डा दशरथ रंगशालामा आउने

काठमाडौं (हाम्रो खेलकुद) – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् । साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो […]

July 29, 2024

नेपाली बिच भलिबल टोली भुटान पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिन सोमबार भुटान पुगेको छ। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडी रहेको छ । दुबै टोलीलाई नेपाल […]

July 29, 2024

चर्च ब्वाइज र पारोबीच खेलको टिकट खल्ती एपबाट बिक्री हुने

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग छनोट खेलको टिकट बिक्रीका लागि सम्झौता गरेको छ । टिकट बिक्रीका लागि चर्च ब्वाइजले खल्ती एपसँग सोमबार सम्झौता गरेको छ । सम्झौतामा चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई र खल्तीकी सहायक प्रबन्धक पुजा धामीले हस्ताक्षर गरे । सम्झौता अनुसार टिकटिङ […]

July 29, 2024

पेरिस ओलम्पिक – जुडोमा मनिताको हार

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा नेपाली खेलाडीको‌ खराब प्रदर्शनले निरन्तरता पाएको छ । जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन् । महिला ५७ केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा पररिसिसले इप्पोनमा हराएकी हुन् ।मनिता १ मिनेट दुई सेकेन्ड मात्रै म्याटमा टिकिन । सागकी रजत विजेता र वल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै […]

July 29, 2024

वासिङ्टन फ्रिडमले जित्यो मेजर लिग क्रिकेट

एजेन्सी – सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो । वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र […]

July 29, 2024

पूर्व फुटबलर राईको निधन

हिमाल खरेल,बिर्तामोड पूर्व राष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनी लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका […]

July 29, 2024

रोहितआबद्ध टोरोन्टो नेसनल्स पराजित

एजेन्सी – क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।नेसनल्स सरे ज्याकवार्ससँग सोमबार बिहान भएको खेलमा ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा […]

July 29, 2024

गम्भीरको पहिलो जिम्मेवारीमै भारतलाई सिरिज उपाधि

एजेन्सी – गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ । भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो । आइतबार दोस्रो खेल भारतले डकवर्थ-लुइस-स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर […]

July 29, 2024

सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको तेस्रो हार

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि-ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा भेनकुभर मोन्ट्रियल टाइगर्स विरुद्ध १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित […]

Success

Thank you for your time.