August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा इरानले नेपाललाई ३-२ को नतिजामा हरायो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई माथ दिँदै इरान ७ अंकसाथ शीर्ष स्थानमा उक्लिएको छ । नेपालले इरान विरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि २२ खेलाडी डाकिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडीको नाम आइतवार सार्वजनिक गरेको हो । क्यानडामा आयोजना हुने त्रिकोणात्मक ओडिआई सिरिजमा सहभागीता रहने बन्द प्रशिक्षणका लागि टोलीको घोषणा भएको […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाले काठमाडौंमा जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। चौथो खेलमा पहिलो जित हासिल गर्ने क्रममा आइतवार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५-२२,२५-१२,२५-१२ लाई हराएको छ। तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। लिगको आफ्नो खेलमा […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्। कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । सोही क्रममा विषयमा प्रधानमन्त्री आइतवार क्यानका केही पदाधिकारी, पुर्व क्रिकेटर, वर्तमान टिमका सदस्य, क्रिकेटप्रमी कलाकारहरुलाई संयुक्त रुपमा भेटेर सल्लाह गरेका छन् । संयुक्त भेटघाट भएको प्रधानमन्त्री स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली महिला र पुरुष टोली आइतवार स्वदेश आइपुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कमला […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन्। लायन्स इन्टरनेसनलले शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन्। एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो।एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी […]
August 4, 2024
एजेन्सी – प्रि सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले रियाल म्याड्रिडविरुद्ध जित निकालेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा बार्सिलोनाले रियललाई २-१ ले पराजित गर्यो । बार्साको जितमा दुवै गोल पाउ भिक्टरले गरे । रियालका लागि निको पाजले सान्त्वना गोल फर्काए । खेलको ४२ औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासलाई […]
August 4, 2024
एजेन्सी – लिभरपुलले प्रि सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ अमेरिकाको विलियम्स ब्रिस रंगशालामा लिभरपुलले प्रिमियर लिग प्रतिद्वन्द्वी युनाइटेडलाई ३-० ले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन फाबियो कार्भाल्हो, कर्टिस जोन्स र कोन्सटान्टिनोस सिमिकसले गोल गरे । खेलको १० औं मिनेटमा कार्भाल्होको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ३६ औं मिनेटमा […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि ट्वान्टी क्यानडामा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स फेरी पराजित भएको छ । भेनकुवर नेपालका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो । आइतबार बिहान भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको […]