August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा […]
August 5, 2024
सुशील पन्त क्षेत्री, चितवन पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । भरतपुर ७ कृष्णपुरको मैदानमा सोमबार सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५-१ को सहज जित […]
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी सोमवार पार्टीको खेलकुद विभागको प्रमुख मनोनित भएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यलाई जिम्मेवारी दिने क्रममा रायमाझीलाई खेलकुद विभागको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ। कांग्रेसले रायमाझीसहित २४ जना केन्द्रिय सदस्यलाई विभिन्न समितिको प्रमुखमा मनोनित गरेको हो।
August 5, 2024
काठमाडौं । नेपाल युथ स्पोर्टस् क्लब (एनवाईएसी) ले प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ । तोडा सिटी स्पोर्टस् सेन्टर जापानमा शनिबार भएको फाइनलमा गल्काेट घुम्टे युवा परिवार जापानलाई पराजित गर्दै एनवाईएससीले उपाधि जित्न सफल भएको हो । पछिल्लो एक महिनामा एनवाईसीको यो दोस्रो उपाधि हो । यसअघि एनवाइएससीले तेस्रो घुम्टे […]
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा नेपालले सोमवार माल्दिभ्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ। ४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल लिगमा दोस्रो भएको हो। अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा […]
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सेमिफाइनल पुगिसकेको भारत काभा महिला भलिबल नेसन्स लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । भारतको जितसँगै नेपालको शीर्षस्थानमा पुग्ने सम्भावना सकिएको छ । श्रीलंकालाई सोमवार ३-० सेटले गराएसँगै भारतले शीर्षस्थान सुरक्षित गरेको छ। भारतको जितपछि सेमिफाइनलको समीकरण पूरा भएको छ । इरानसँग आइतवार पराजित भएपछि शीर्षस्थानमा लिग चरणको अन्त्य गर्ने नेपालको […]
August 5, 2024
दिल तामाङ नेपाली महिला भलिबलको अन्तर्राष्ट्रिय यात्रा ४ दशक पूरा भइसकेको छ । २०३७ सालबाट नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय भलिबल खेल्न सुरु गरेको थियो। थुप्रै आरोह र अवरोहबीच सीमित स्रोत र साधनको बावजुत नेपाली महिला भलिबल टोली केही वर्षयता उत्कृष्ट नतिजा दिइरहेको छ । भनौं नेपाली भलिबल टोली गर्विलो इतिहास बनाउँदै अघि बढिरहेको छ […]
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ । लिग चरणको अन्तिम खेलमा सोमबार पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो । भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युथ वन डे र्यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि जितेका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्। सुबास कुमार गुरुङ्गको संयोजकत्वमा भएको प्रतियोगिताका विजेता पुरुषोत्तमले १५ हजार रुपैयाँ र अक्फित स्मार्ट वाच प्राप्त गरे। […]
August 4, 2024
एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतीय टोली घरेलु टोलीविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ । आइतवार भएको दोस्रो ओडिआई खेलमा घरेलु टोली ३२ रनले विजयी भयो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल टाइ भएको थियो। श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ […]