default_image

Featured

August 11, 2024

लिग टुमा क्यानडामाथि नेदरल्यान्ड्सको जित

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समाअमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिज आइतवार सुरु भएको हो । नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो । क्यानडाले दिएको १ सय ९५ […]

August 11, 2024

महिला लिग : कोशी र वालिङबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १६ गते सुरु हुने लिगको महिला लिगको आइतवार खेल तालिका सार्वजनिक गरेको हो । सुर्खेतमा गएको वैशाखमा भएको लिग छनोटमा शीर्ष स्थानमा रहेर कोशी लिगको अन्तिम […]

August 11, 2024

एभरेष्ट लिगका लागि ६ मार्की खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो ।राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ हुन् । अरुणा चितवनको मार्की रहेकी छिन् […]

August 11, 2024

रोहित आबद्ध टोरोन्टो फाइनल खेल्दै

एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स उपाधिका लागि आज खेल्दैछ । टोरोन्टोले फाइनलमा साविक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुनेछ । शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो […]

August 11, 2024

निजी क्षेत्र मौन, भलिबल समर्थकबाट टोलीलाई नगदसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई भलिबल समर्थकले नगदसहित सम्मान गरेका छन् । फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको टोलीलाई भलिबल समर्थक तथा युवा व्यवसायी गणेश रिजालले नगदसहित सम्मान गरेका हुन् । नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा भलिबल संघका पदाधिकारी लगायत पूर्व राष्ट्रिय खेलाडीहरुको […]

August 11, 2024

पेरिस ओलम्पिक्स – सन्तोषी म्याराथनमा ७९औं

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९औं‌ स्थान रहँदै अन्त्य गरेकी छिन्। यो सँगै पेरिस ओलम्पिक्समा नेपालको सबै चुनौती समाप्त भएको छ। सन्तोषीले आइतवार भएको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा कुल ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन्। […]

August 11, 2024

काभा नेसन्स लिगको रजत विजेता‌ टोलीलाई पुरस्कार सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई पुरस्कारका‌ लागि सरकारलाई सिफारिस गरेको छ। राखेपको‌ कार्यकारी समितिको शुक्रवार बसेको बैठकलेयुवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई टोली नगद पुरुस्कारका लागि सफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको छ। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार टोलीका खेलाडीले जनही […]

August 11, 2024

च्यालेन्ज लिग प्ले अफ- एक्सन स्पोर्टसले पनि प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी च्यालेन्ज लिग छनोटको‌ प्ले अफको‌ प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस एचडीले पनि‌ प्रत्यक्ष प्रसारण गर्ने भएको‌ छ। सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र‌ भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा मंगलबार साँझ ६:०० बजे सुरु हुनेछ। चर्च ब्वाइज र हाम्रो खेलकुदबीच यसअघि प्ले […]

August 11, 2024

दसौं राष्ट्रिय खेलकुद सुरु हुन ९९ दिन बाँकी!

सुर्खेत (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा यसै वर्ष हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ९९ दिन बाँकी छ। १ सय दिन बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषदले शनिवार काउनडाउन सुरु गरेको छ । दसैं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ गते सुरु‌ हुने नवौंको‌ समापनकै क्रममा पोखरामा घोषणा गरिएको थियो।राष्ट्रिय खेलकुदको उद्घाटन स्थल निर्माणाधिन […]

August 11, 2024

पहिलो टेस्ट बराबरी तर्फ उन्मुख

एजेन्सी – वर्षाको प्रभावका कारण घरेलु टोली वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट बराबरी तर्फ उन्मुख भएको छ । चौथो दिन शनिवारको खेल सकिदा दुवै टोलीको पहिलो इनिङको समाप्ती भएको छ । पाँचौ दिन पनि वर्षाको सम्भावना छ । यदी पाँचौ दिन पनि वर्षा भएमा खेल बराबरी तर्फ जानेछ । पहिलो इनिङमा घरेलु टोली […]

Success

Thank you for your time.