August 17, 2024
एजेन्सी – क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ । त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित […]
August 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ […]
August 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा अर्को वर्ष अप्रिलमा यू१९ विश्वकपको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ […]
August 17, 2024
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शुक्रवार पिएसजीले ले हाभ्रलाई ४-१ ले पराजित गरेको हो। हाभ्रको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ओस्मान डेम्बेले, ले काङ, ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे । हाभ्रका लागि गौटियर लोरिसले सान्त्वाना गोल गरे […]
August 17, 2024
सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले हालसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालले ओडीआई फर्म्याटमै धेरै कीर्तिमान पनि कायम गरेको छ । नेपालले ६६ मध्य ३४ खेलमा जित हात पारेको छ । ३४ खेलमा फरक फरक […]
August 17, 2024
एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ । भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ […]
August 17, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ । पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय […]
August 17, 2024
एजेन्सी – म्याचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको पहिलाे खेलमा युनाइटेडले शुक्रवार फुलह्यामलाइ १-० ले पराजित गरेको हो । युनाइटेडका लागि जोसुवा जिकर्जीले निर्णायक गोल गरे । घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा भएको खेलमा जिकर्जीले निर्धारित समय सकिन ३ मिनेट अगाडी गोल गरे । इपिएलमा […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ। दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ। प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए । प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]